गोरखा । कानको सुन लुटपाट गर्न आरुघाट गाउँपालिका–१ श्यामचेतकी ७० बर्षकी सुनमाया लामाको हत्या सोही ठाउँका ३१ बर्षका कर्मा छिरिङ र १८ बर्षका साने भन्ने सुपराज लामा पक्राउ परेका छ्न ।
Advertisement
जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठका अनुसार लुटपाटको उद्देश्यले वृद्धाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । घटना ढाकछोप गर्न मृतकलाई कोठाको बलोमा झुण्ड्याएको पाइएको उनको भनाइ छ ।
बुधबार पक्राउ परेका उनीहरुलाई कर्तव्य ज्यान कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिएको श्रेष्ठले जानकारी दिए ।









