खजुरामा २ सय युवालाई सिपमुलक तालिम प्रदान


नेपालगन्ज, १७ असार २०८१
बाँकेको खजुरा गाउँपालिकाले २ सय जना युवालाई बिभिन्न सिपमुलक तालिम प्रदान गरी प्रमाणपत्र बितरण गरेको छ । सोमबार समाजिक बिकास शाखा प्रमुख कृष्ण कुमारी पोखरेलको अध्यक्षतामा कार्यक्रम गरी गाउँपालिकाले प्लाम्बर, कुक तथा खाजा नस्ता, टायल र मार्बल फिक्चर र मोटर साईकल मर्मत गर्ने तालिम प्रदान गरि प्रमाणपत्र बितरण गरिएको छ । भने केही समय अगाडी लोकसेवा आयोगको तयारी, बुटिक र बिद्यालय झाला बनाउने तालिम पनि सम्पन्न गरेको छ । तालिममा गाउँपालिकाका सबै वडाका २ सय जना महिला तथा पुरुष युवाहरुको सहभागिता रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शुसिला न्यौपानेले बताइन् । गाउँपालिकाको लक्षित बर्गको कार्यक्रम अन्र्तगत ३० लाख बजेटबाट युवाहरुलाई तालिम प्रदान गरेको शाखा प्रमुख न्यौपानेले बताइन् ।

Advertisement

 

कार्यक्रममा युवाहरुलाई प्रमाणपत्र बितरण गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिकले तालिममा सिकेका कुरा व्यवहारमा लागु गरेमा मात्रै सार्थक हुने बताए । उनले भने,“ हाम्रो लक्ष्य भनेको समृद्ध र बिकसित पालिका निर्माण गर्ने हो । त्यसको लागि सबै भन्दा महात्वपुर्ण कुरा भनेको मानबीय क्षमताको बिकास नै हो । जब यहाँका युवाहरु सिप सिकेर आत्मनिर्भर हुन्छन्,अनि मात्रै खजुरा समृद्ध हुन्छ ।” तालिममा सिकेको सिप सदुपयोग गर्न उनले आग्रह समेत गरे ।

 

यस्तै कार्यक्रममा शुभकामना मन्तव्य दिर्दैै खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लाले सिकेको सिपलाई जति निरन्तरता दियौ, त्यति नै दक्ष हुने भएकाले सबै युवालाई निरन्तरता दिनेका लागि आग्रह गरिन् । अगामी दिनमा युवाहरुलाई थप कार्यक्रम ल्याई सहयोग गर्ने तथा एड्भान्स लेबलको तालिम समेत संञ्चालन गर्ने योजना रहेको उनले बताइन् । कार्यक्रममा युवाहरु उत्सहाका साथ प्रमाणपत्र लिएकाछन् ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु