असोज, काठमाडौं । दशरथ रंगशालामा भएको यू-१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग १-० ले पराजित भएको छ ।
अलि जाफरले टाढाबाट गरेको प्रहार कप्तानसमेत रहेका किपर जियारथ शेखले भेट्नै नसक्ने गरी पोस्टको माथिल्लो कुनाबाट गोल भएको थियो ।
Advertisement
खेलमा नेपालले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन ।
५२ मिनेटमा नेपालले फ्रिकिक पाउँदा पनि नेपालले मौका गुमायो । खेलको समयतिर दीपक थापाले हानेको प्रहार दोस्रो बार हुँदै बाहिरिएको थियो ।
नेपालले अब सोमबार माल्दिभ्ससँग खेल्ने छ । त्यसअघि शनिबार पाकिस्तान र माल्दिभ्सले खेल्ने छन् ।
यसअघि आजै भएको समूह बीको खेलमा भारतले बंगलादेशलाई ३-० ले हराएको थियो ।









