१८ असार , बढैयाताल गाउँपालिका लाई पुर्ण खोप सुनिश्चितता भएको घोषणा गरिएको छ ।
पूर्णखोप गाउँपालिका सुनिश्चित गर्ने राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम मंगलवार बढैयाताल गाउँपालिका लाई पुर्ण खोप सुनिश्चितताको घोषणा गरिएको हो ।
Advertisement

पूर्ण खोप दिगोपना पालिका सनिश्चितता घोषणा प्रमाण पत्र वितरण कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति बर्दियाका संयाोजक सुर्य बहादुर बिष्ठले बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी लाई पूर्ण खोप पाएको सुनिश्चितताको प्रमाण पत्र प्रदान गरी घोषणा गरिएकाे स्वास्थ्य शाखा बढैयातालका प्रमुख बिष्णु प्रसाद पौडेलले जनाएका छन् ।
बढैयाताल गाउँपालिकामा १६ महिना देखि ५९ महिना सम्मका ५१५ जना बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र पाउनु पर्ने सबै खोप लगाइ सकेका र छुटेका १८ जना बालबालिकाको घर घरमै पुगेर स्वास्थ्य कमर्मीले खोप लगाए पछि मात्रै पूर्णखोप पाएको सनिश्चितताको घोषणा गरिएको स्वास्थ्य शाखा बढैयातालका रमेश पौडेलले जानकारी दिए ।

बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति बर्दियाका संयोजक सुर्य बहादुर विष्ठको प्रमुख आतिथ्यमा भएको बढैयाताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी , स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरी , वडा नम्बर ८ का अध्यक्ष तेजनाथ पौडेल , वडा नम्बर ६ का अध्यक्षा शुक्रराज सापकाेटा , स्वास्थ्य समिति बढैयातालका सदस्य बालकृष्ण आचार्य, स्वास्थ्यकर्मी , महिला स्वास्थ्य स्वंयम से्बिका अम्विका रेग्मी लगाएतले नियमित खोप केन्द्रलाई सुबिधायुक्त बनाउनु पर्ने , स्वास्थ्य सेवा लाई तल सम्म पुर्याउने महिला स्वास्थ्य स्वंयम सेबिकाको सम्मान र सेवा सुविधाको लागि पालिकाको ध्यान जानु पर्नेमा जोड दिए ।

“ स्थानिय श्रोतका उपयोग स्वामित्य र सहभागिता ः पूर्ण खोप सुनिश्चितत पालिका हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ बढैयाताल गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा वडा नम्बर १ देखि ९ सम्मका वडाका अध्यक्ष लाई पूर्ण खोप सुनिश्चितता वडा घोषणाको प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा कार्यपालिका सदस्य , प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी , वडा नम्बर १ देखि ९ सम्मका वडाध्यक्ष , स्वास्थ्य चौकीका प्रमुखहरु , संचारकर्मि , शाखाका कर्मचारी , लगाएतका ब्यक्तिहरूको सहभागिता रहेका स्वास्थ्य शाखा बढैयातालले जनाएको छ ।









