नौ वर्षीया बालिका बलात्कार गर्ने ६५ वर्षीय वृद्ध पक्राउ

स्याङ्जा, असार २१ गते । नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरि फरार रहेका भीम बहादुर पौडेललाई प्रहरीले पक्राउ गरेको छ । वालिङ नगरपालिका –११ भकभका बस्ने ६५ वर्षीय पौडेल विगत १५ महिना देखी फरार रहनु भएको थियो ।

स्याङ्जा जिल्ला अदालतले गत २०७९ साल चैत २० गते बालिकालाई यौन दुरुपयोग गरेको पुष्टि गर्दै पौडेललाई ६ महिना १७ दिन कैद तोकेको थियो ।

Advertisement

जेल सजाय तोकिएपछि फरार पौडेललाई वडा प्रहरी कार्यालय वालिङ्बाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा घरबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो ।

त्यसै गरी साइकलबाट लडेर घाइते भएका पुतली बजारमा एक बालकको मृत्यु भएको छ ।

पुतली बजार नगरपालिका –३ काफलडाँडा घर भई वडा नं. –१ अभियानपथ बस्दै आउनु भएका ११ वर्षीय शिवम परियारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो ।

भित्री सडकमा गत १५ गते साइकल चलाउने क्रममा लडेर घाइते हुनु भएका परियारको उपचारको क्रममा मृत्यु भएको हो । गोरखापत्र अनलाइन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु