घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु

धनगढी । कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर कृष्णपुर नगरपालिका–१ को पहरियामा ७ महिनाका सोनु धानुकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खसेको थियो । भुइँमा जमेको पानीमा डुबेर धानुकको घरमै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु