बाँके । बाँकेको डुडुवा खोलामा आएको बाढीमा नेपालगन्ज २० का ४२ वर्षीय सुशीलप्रसाद दाहाल डुबेर बेपत्ता भएका छन् । उनको खोजि जारी रहेको प्रहरीले जनाएको छ । आइतवार साँझ करिब ५ बजे नेपालगन्ज –२० राँझा विमानस्थल पछाडि रहेको डुडुवा नदीमा दाहाल पौडी खेल्न गएका थिए ।
Advertisement
सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वाटर बाँकेका अनुसार बेपत्ताको सोमवार बिहानदेखि खोजी भईरहेको छ ।









