कृषि ज्ञान केन्द्रद्धरा चालु आर्थिक बर्षको कार्यक्रमको संयुक्त अनुगमन तथा मुल्यांकन


नेपालगन्ज, २७ असार २०८१
कृषि ज्ञान केन्द्र बाँकेले चालु आर्थिक बर्षमा सम्पन्न बिभिन्न कार्यक्रमहरुको संयुक्त अनुगमन तथा मल्यांकन गरेको छ । जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र कुमार चौधरीको अगुवाईमा कृषिसंग सम्बन्धित बिभिन्न सरोकारवाला निकायका प्रमुखहरु सहित केन्द्रले सम्पन्न गरेको कार्यक्रमको अनुगमन गरिएको छ । अनुगमन टोलीले डुडुवा ६ हिरमिनियाको बल्दीपुर्वा कृषि सहकारी संस्थालाई बितरण गरेको बिभिन्न कृषि समाग्रीको अनुगमन गरेको छ । त्यसपछि डुडुवा ४ सिधानिया घाटको बगरमा गरिएको परवल खेतीको अनुगमन गरिएको थियो । अनुगमनकै क्रममा टोलीले नेपालगन्ज २२ मा राधाकृष्ण कृषि शहकारी संस्थाले गरेको तरकारी खेती र जानकी ५ गुरुवा गाउँमा रहेको जनजागरण बहुउद्देश्य सहकारी संस्थाको अनुदानमा निर्माण गरिएको बिउ प्रशोधन भवनको अनुगमन गरेको छ । साथै प्रशोधन केन्द्रले गरेको धान र गहुँको बिउको बजारीकरणबारे जानकारी लिइएको कृषि ज्ञान केन्द्रका प्रमुख सकिल अहमदले बताए ।


अनुगमन टोलीसंग डुडुवा ६ हिरमिनियामा रहेको बल्दीपुर्वा कृषि सहकारी संस्थाका अध्यक्ष उमेश कुमार यादवले अनुदानमा कृषि समाग्री पाएपछि खेती गर्न सहज भएको बताए । कृषि समाग्रीको प्रयोगले लागत घट्नुको साथै उत्पादनमा पनि बृद्धि भएको उनले बताए । स्थलगत अनुगमन गर्न पुगेका टोलीलाई डुडुवा ४ को सिधानिया घाटको बगरमा परवाल खेती गरिरहेका किसानले कृषि ज्ञान केन्द्रले दिएको बोरिङ्गका कारण परवाल लगायत्का तरकारी सिचाई गर्न सहज भै राम्रो उत्पादन भैरहेको किसानहरुले बताएकाछन् । नेपालगन्ज २२ मा तरकारी खेती गरिरहेका राधाकृष्ण कृषि शाहकारी संस्थाका अध्यक्ष गोपी प्रसाद यादवले सिचाई र मलको समस्याका कारण खेती गर्न समस्या भएको बताए । यस्तै जनजागरण बहुउद्देश्य सहकारी संस्थाले संञ्चालन गरेको बिउबिजन प्रशोधान केन्द्रको भवन अनुगमन गर्न पुगेका टोलीसंग संस्थाका अध्यक्ष होमराज कुर्मीले संस्थाको भवन सम्पन्न भएपनि भुक्तानी नहुदां समस्या भएको बताए । त्यसको लागि समयमै भुक्तानी गर्न आग्रह समेत उनले गरे । तर भुक्तानीको लागि संस्थाले ढिलो गरेर बिल पठाउदा र केही दिन अगाडी नै प्रदेश सरकारको खाता बन्द हुदां भुक्तानी हुन नसकेको कोष तथा लेखा नियान्त्रण कार्यालय नेपालगन्जका प्रमुख मोहन भण्डारीले बताए । अब चालु आर्थिक बर्षमा भुक्तानी हुन निकै कम सम्भावना भएपनि सक्दो प्रयासमा रहेको उनले बताए ।

Advertisement

अनुगमन जानु अघि कृषि ज्ञान केन्द्रका प्रमुख सकिल अहमदले चालु आर्थिक बर्ष २०८०÷८१ मा सम्पन्न गरेका कार्यक्रमबारे अनुगमन टोलीलाई जानकारी गराएका थिए । टोलीलाई जानकारी गराउँदै चालु आर्थिक बर्षमा ७० प्रतिशत बजेट खर्च भएको उनले बताए । चालु आर्थिक बर्षमा केन्द्रलाई ८ करोड बढी बजेट प्राप्त भएको ज्ञान केन्द्रले जनाएको छ ।

संयुक्त अनुगमन कार्यक्रममा साल्ट ट्रेडिङ्ग प्रदेश कार्यालय नेपालगन्जका प्रमुख मनोज चौधरी, कृर्षि समाग्री कम्पनी नेपालगन्जका प्रमुख पुष्प राज श्रेष्ठ, कोशेबाली अनुसन्धान कार्यालय खजुराका प्रमुख डा. अनिल पोखरेल, बाली संरक्षण प्रयोगशाला खजुराका प्रमुख उमा शंकर पौडेल, प्रधान मन्त्री कृषि आधुनिकिकरण परियोजनाका कृषि अधिकृत गणेश यादव, बिउ बिजन प्रयोगशाला खजुराका कृषि अधिकृत दिनेश भट्टराई, नेपालगन्ज उपमहानगरपालिका कृषि शाखा प्रमुख अम्बिका रिजाल, डुडुवाका कृषि शाखा प्रमुख शुसिल शर्मा, जानकीका कृषि शाखा प्रमुख मनोज मण्डल लगायत्को सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु