नेपालगन्ज, असार २९ गते । नेपालगन्ज उपमहानगरपालिका– ११ निवासी ३८ वर्षीय इरसाद राईमाथि शुक्रबार राती करिव १०ः३० बजेतिर खुकुरी प्रहार हत्या गरिएको छ।
Advertisement
खुकुरी प्रहारबाट गम्भीर घाइते राईलाई रातीनै भेरी अस्पतालमा उपचारका लागि लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार मोटरसाइकलमा आएका दुईजनाले खुकुरी प्रहार गरी राई को हत्या गरेका हुन ।
हत्या गर्ने समूहको पहिचान नभए पनि समूहले प्रयोग गरेको से ७ प ४२५३ नम्बरको मोटरसाइकल फेला परेकाले छिट्टै पहिचान हुने प्रहरीको आशा छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लागूऔषध दुर्व्यशनीकर्ताबिच आपसमा विवाद भएको र विवाद मिलाउन गएका राईमाथिनै खुकुरी प्रहार हुँदा उनको मृत्यु भएको छ ।
हत्यामा संलग्नहरुको खोजी र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
यसैबिच मृतकका आफन्तहरुले हत्याको विरोध गर्दै हत्यारालाई पक्राउ गरेर तत्काल सार्वजनिक गर्ने माग गर्दै शनिबार बिहानदेखि टांगा स्टेन्ड नजिक सडक जाम गरेर नारावाजी गरिरहेका छन् ।









