बाँकेमा सुधार गृह तोडफोड गरी भागेका ३० जना नियन्त्रणमा (अपडेट)

 

बाँके । बाँकेको डुडुवा गाउँपालिका– ६ असमानपुरको जयन्दु बाल सुधार गृहमा दुई समूहको झडप पछि बाल सुधार गृह तोडफोड गरी भागेका मध्य ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बिहीबार राति आन्तरिक विषयमा झडप भएपछि बालसुधार गृह तोडफोड गरी भागेका ३० जनालाई नियन्त्रणमा लिएको बताए । उनीहरूलाई गएराति नै नियन्त्रणमा लिएर बाल सुधार गृहमै पठाइएको डिएसपी डाँगीले बताए। अवस्था अहिलेसम्म मत्थर नभएको उनले जानकारी दिए। ‘हामी बालसुधार गृह भित्र जान नमिल्ने र भित्र अहिले पनि होहल्ला र तनाव कायमै छ,।

बालगृहमा रहेका २५४ जना मध्य १६५ जना १८ बर्ष माथिका रहेको र उनीहरुकै कारण असहजस्थिति सृजना भएको छ ।

‘अहिले पनि भित्र त्यस्तै हो हल्ला छ,’ एसपी राठौरले भने ‘ उमेर पुगेका बयस्कहरुपनि छन्, तरपनि उनीहरु राज्यका नजरमा बालक हुन्।

बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा घाइते भएका ११ मध्य उपचारका क्रममा एक जनाको मृत्यु भइ सकेको छ।

रूपन्देही जिल्लाको कञ्चन गाउँपालिका–४ का १८ वर्षीय सुलभ केसीको उपचारका क्रममा राति नै मृत्यु भएको थियो। केसी अपहरण शरीर बन्धक र जबरजस्ती करणी मुद्दामा दोषी ठहर भइ सजाय काटिरहेका थिए।

घाइते १० जनाको नेपालगन् नर्सिङ होममा उपचार जारी छ। घाइते मध्य एक जनाको अवस्था अझैं गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। अन्यको स्वास्थ्य अवस्था भने क्रमस सुधार उन्मुख रहेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु