दाङमा सर्पको टोकाइबाट एक वर्षमा १० जनाको मृत्यु

रासस/दाङ —यही असार १२ गते दिउँसो घर नजिकै बारीमा घाँस काट्दै गरेका तुलसीपुर उपमहानगरपालिका– १९ बाँसगढीका ५५ वर्षीय पारु चौधरीलाई सर्पले डस्यो । बायाँ हातमा सर्पले डसेका चौधरीलाई परिवारका सदस्य अस्पताल पुर्‍याइएको साटो झारफुकतिर लागे । बिरामीको अवस्था नाजुक बन्न थाल्यो त्यसपछि मात्रै चौधरीलाई अस्पताल लैजाने तरखर भयो

 

Advertisement

जतिबेला समय निकै टरिसकेको थियो । बेलुका ८ बजे घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरे ।

तुलसीपुर–२ भमकेका ११ वर्षीय बालक घनश्याम पाठकलाई घरको कोठामा सुतिरहेको अवस्थामा असार ६ गते राति सर्पले टोक्यो । सर्पले टोक्नेबित्तिकै घनश्यामले हजुरआमालाई जानकारी गराए ।

घरभित्र कसरी सर्प आयो होला भनेर हजुरआमालाई विश्वास लागेन । त्यसपछि बत्ती बालेर ओढिराखेको कम्बल फाल्दा सर्प बालकको कम्मरमा बेरिएको थियो । तत्काल उनलाई मोटरसाइकलमा चढाएर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याइयो ।

प्रादेशिक अस्पतालमा खटिएका स्वास्थ्यकर्मीले उनलाई सर्पले टोकेको ठाउँ पत्ता लगाउन सकेनन् र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा रिफर गरियो । आठ वर्ष अघि सर्पकै टोकाइबाट आमा गुमाएका घनश्यामलाई उपचारका क्रममा यही असार ७ गते साँझ ८ बजे डाक्टरले उनलाई बचाउन नसकिने खबर सुनाए ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु