
नेपालगन्ज, ३० असार २०८१
प्रधानमन्त्रि कृषि आधुनिकिरण परियोजनाको बाँकेमा चालु आर्थिक बर्ष ०८०÷८१ मा सम्पन्न बिभिन्न कार्यक्रमहरुको अन्तर निकायसंग संयुक्त अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र कुमार चौधरीको अगुवाईमा कृषिसंग सम्बन्धित बिभिन्न सरोकारवाला निकायका प्रमुख र प्रबिधिकहरु सहित अनुगमन गरिएको छ । अनुगमनका क्रममा संयोजक चौधरीले भने, किसानहरुको माग अनुसारको कृषि समाग्री बितरण गरिएपछि किसानहरुलाई खेतीकिसानी गर्न धेरै सहज भएको बताए । यन्त्रको माध्यमबाट खेती गर्दा उत्पादन बृद्धिमा समेत टेवा पुग्ने उनले बताए । अनुगमनकै क्रममा भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र नेपालगन्जका प्रमुख कमला अधिकारीले किसानहरुको माग अनुसार नै यान्त्र बितरण गरिएकाले किसानहरुलाई धेरै टेवा पुग्ने बताए । परियोजना अन्र्तगत जिल्लाको जानकी, खजुरा र बैजानाथ गाउँपालिका बिभिन्न सहकारी र समुहमा स्थापना गरिएको कष्टम हायरिङ्ग सेन्टर र अनुदान कार्यक्रमको अनुगमन गरिएको छ । अनुगमन टोलीले जानकी ३ मा हनुमानगढी कृषि सहकारी संस्था बन्जारे गाउँ, परोपकार कृषि सहकारी संस्था खजुरा ४ डि गाउँ र जनहित कृषक सहकारी संस्था बैजानाथ ८ झिगौरामा स्थापना गरिएको कष्टम हायरिङ्ग सेन्टरको अनुगमन गरिएको छ । सहकारी र समुहका किसानहरुलाई कष्टम हायरिङ्ग सेन्टर मार्पmत ट्रेक्टर, थ्रेसर, रोटाबेटर, लेबलर, पावर टिलर लगायत्का कृषि समाग्री ५० प्रतिशत अनुदानमा बितरण गरिएको प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना बाँकेका कृषि अधिकृत गणेश यादवले बताए ।
Advertisement
अनुगमन टोलीले जानकी ३ कै रम्मापुरमा रतन कृषि सहकारी संस्थालाई १० हेक्टर क्षेत्रफलमा धानको चकलाबन्दी कार्यक्रम अन्र्तगत दिएको कृषि समाग्रीको अनुगमन गरेको छ । साथै बैजानाथ ३ नौबस्ताको हौसला कृषक समुह, मिलिजुली कृषक समुहलाई बितरण गरिएको पावर टिलर लगायत्का कृषि समाग्रीको अनुगमन गरिएको छ । अनुगमनका क्रममा जनहित कृषक समुह बैजानाथ ८ झिगौराका अध्यक्ष जग नरायाण थारुले कष्टम हायरिङ्ग सेन्टर मार्पmत एक ठाउँमा सबै कृषि यान्त्रहरुको उपलब्ध हुदां खेती गर्न धेरै सहज भएको बताए । बिगतमा टे«क्टर खोज्न जानु पर्दथ्यो भने, अहिले खेती गर्न सबै समाग्री आप्mनै सहकारीमा भएपछि समयको बचत हुनुका साथै उत्पादन पनि बढेको उनले बाए । अनुमनका क्रममा कृषकहरुले अनुदानमा पाएको कृषि समाग्रीबाट खेती गर्न सहज भएको बताएकाछन् । यन्त्रबाट खेती गर्दा लागत कम लाग्ने गरेको र समयको समेत बचत हुने गरेको हौसाला कृषक समुह बैजानाथ ३ नौबस्ताका अध्यक्ष जानकी चौधरीले बताइन् ।

संयुक्त अनुगमन कार्यक्रममा जिल्ला समन्वय समितिका सहसंयोजक सिता कार्की, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका कृषि अधिकृत ध्रुव जोशी, कृषि ज्ञान केन्द्रका बरिष्ठ बाग्वानी बिकास अधिकृत राम प्रकाश यादव, कृषि अनुसन्धान निर्देशनालय खजुराका प्रबिधिक राम लोचन यादव, जिल्ला प्रशासन कार्यालय बाँकेका नायब सुब्बा बेदेश्वर गौतम, धान जोन बाँकेका संयोजक जगत शाही, सचिव पन्नेलाल थारु, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका नायब सुब्बा बिमला भण्डारी, प्रबिधिक सहायक नरेन्द्र सुनार, नायब प्रबिधिक सहायक धनसिंह बुढा, कार्यालय सहयोगी राम निवास यादव लगायत्को सहभागिता रहेको थियो ।









