डिएसपी हुँ भन्दै ठगी गर्ने कोहलपुरबाट पक्राउ

नेपालगन्ज । राष्ट्रिय अनुसन्धानको डिएसपी हुँ भन्दै ठगी गर्दै हिड्ने जिल्ला दैलेख नारायण नगरपालिका वडा नं ५ बस्ने वर्ष ३० को नैन सिंह बिक्रलाई प्रहरीले पक्राउ गरेको छ ।

विगत ३ महिना देखी बाँके जिल्लाका विभिन्न सरकारी कार्यालयहरुमा गई आफु सिआइबी प्रहरीको नविन शाही भन्दैअनुगमनको शिलसिलामा आएको हु भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरुलाई भेटने, कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्ने गरेको भन्ने सूचना पाएपछि बाँके प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Advertisement

बाँके कोहलपुर नगरपालिका वडा नम्बर ११ एनटीभी रोड स्थित फेला पारी नियन्त्रणमा लिई अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु