मुक्त कमैया दिवसः जमिन्दारको गोलीले बर्दियामा मारिएका थिए ६ जना कमैया

बर्दिया । जननेता स्वर्गीय राधाकृष्ण थारु नामक पुस्तकमा बर्दियाबाट २००१ बाट सुरु भएको कमैया मुक्तिको अन्दोलनको क्रान्ति पश्चिम तराईको दांग, कन्चनपुर र कैलालीमासमेत पुग्यो । ५७ वर्षको लामो निरन्तर संघर्षपछि २०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा ग¥यो । बि.स. २००१ मा राणा शासन थियो । त्यसअघि बि.स १९१४ मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले इष्ट इण्डिया कम्पनीलाई सहयोग गरेका थिए । त्यसबापत इष्ट इण्डियाले बि.सं १८७३ को सुगौली सन्धिबाट गुमेको भूभाग मध्ये बि.सं १९१७ मा बाँके, बर्दिया, कैलाली, कन्चनपुर नेपाललाई पुरस्कार स्वरूप फिर्ता आएकोले गरे । त्यसयता राणाहरुले बर्दियालाई आफ्नो बिर्ताका रुपमा प्रयोग गर्थे । राणाहरुले आफ्ना निकटकालाई जग्गा बाँडथे । खेतिकिसानी गर्ने किसानसंग जग्गा खोसियो । त्यही समयदेखि राणा र रैतीबीचको दुरी बद्दै गयो । राणाहरुले किसानलाई रैतीका रुपमा व्यवहार गर्थे । बेथबेगारी (निशुल्क श्रमदान) राणाहरुले लगाउँथे ।
६ जनाको हत्या (खलियानमा)
कांंग्रेस र हुनेखाने पढेलेखेका युवाहरुले सुरुवात गरेको कमैया मुक्ति भुसझै फैलिदै गयो । किसानहरुमा पनि चेत खुल्दै गयो । जमिन्दारहरुले गर्ने शोषणका बिरुद्ध उनीहरु पनि मोर्चामा लागे । ‘२००८ बैशाख १५ गते मानपुर टपराको बेलवा गाउका जमिन्दार बिदुरनरसिंह राणाको खलियानमा किसानहरु जम्मा भई जग्गा कसको जोत्नेको नभए तीन भागको दुई भाग अन्न किसानले पाउनु पर्ने माग उठाए । जमिन्दारले प्रहरी प्रशासनसंग मिलेर कमैयाबाथी दमन गरे । जमिन्दार बिदुरनरसिंह स्वयंमले पनि कमैयामाथि गोली बर्साए । उक्त गोली काण्डमा चापु, लक्ष्मीप्रसाद, पतिराम, डिबुवा, पेपुवा र कोईली थारु गरी ६ जनाको मृत्यु भयो । १७ जना घाईते भए,’ एक्सन एडद्धारा प्रकासित कमैया मुक्तिको लामो यात्रा ः एक संगालोमा उल्लेख छ ।

कान्द्रा आन्दोलन
कमैया मुक्ति आन्दोलनका लागि कान्द्रा आन्दोलन निकै चर्चित छ । यहाँ दुई पल्ट निकै ठूला कमैया आन्दोलन भए । २०२१ सालमा बर्दियामा जग्गा नापी भएपछि निकै ठूलो संख्यामा कमैयाले जग्गा गुमाए । जमिन्दारले आफन्त, नातागोतामात्रै होईन कुकुरको नाममा पनि जग्गा लुकाएको भन्ने गरिन्छ । जग्गा लुकाइएका कारण कमैया भूमिहिन हु“दै गए । उनीहरुको नजरमा तारातालको उत्तर तर्फ रहेको कान्द्रा फॉट प¥यो । ५ सय हेक्टर फाँटामा कमैयाहरु टहरा बनाएर बसे । तर शाही शिकार बनाउने भन्दै त्यहा“बाट कमैया लखेटिए ।

Advertisement

यसरी भए कमैया
राणाहरुले इष्ट इण्डियाबाट बर्दिया फिर्ता हुनुअघि थारु चौधरीको बसोबास थियो । उनीहरुको आफ्नै जग्गा थियो । तर राणाहरुले पुरुस्कारका रुपमा पाएपछि खेतिका लागि कर उठाउन सुरु गरे । ‘कर तिर्न नसकेर कतिपय थारुको जग्गा खोसियो । आम्दानीको स्रोत खेतिलाई बनाउन थाले । खेति गर्नका लागि कामदार खोज्न थालियो । त्यती बेला दांगका थारुमाथि शोषण चरम थियो । उनीहरु जमिन्दारको दमन सहन नसकेर बर्दिया आए,’ कमैया आन्दोलनमा लामो समयसम्म बिताएका बर्दियाका दिनेश श्रेष्ठ भन्छन्,‘यसरी कमैया प्रथाको सुरुवात भएको हो । लामो समयपछि उन्मुलन भयो ।’

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु