विमला काउचा मगर
बाँके । बाल सुधार गृहमा २ सय ५४ जना राखिएका छन्। दुईवटा भवनमा तिनलाई बाँडिएको छ। ‘बालबन्दी’ भनिए पनि उमेरमा निकै ठूला र वयस्क पनि छन्। उनीहरूको त्यहाँ दादागिरी नै चल्छ।
Advertisement
पछिल्लो समय उहाँ लागुऔषध ओसारपसारमा संलग्न रहेका किशोरहरू पनि ल्याइएको छ। त्यस्तै २० देखि २५ जनाको संख्यामा होलान्।
तिनीहरू असाध्यै उच्छृंखल छन्। तिनीहरूले यहाँ रहेका सबैलाई दबाबमा राख्थे।
गत माघमा पनि दुई समूहबीच झडप भएको थियो। तोडफोड र आगजनी भएको हुँदा सुधार गृहमा क्षति पुगेको थियो।
बिहीबार चाहिँ राति १० बजेबाट झडप सुरू भयो। लागुऔषध खाने, लुकिछिपी ओसार्नेहरूले त्यहाँ रहेका कसैलाई बोल्न नदिने, हिँडडुलसमेत गर्न नदिने भएपछि नखानेहरू एकजुट भएका रहेछन्।
उनीहरूले दुर्व्यसनीमा लागेकाहरूमाथि आक्रमण सुरू गरेछन्। तोडफोड र आगजनीका कारण प्रहरीहरू पस्नसक्ने अवस्था पनि भएन। चारैतिरबाट घेरा हालेर ११ जनाको उद्धार गरेर नेपालगञ्ज नर्सिङ होममा पुर्याएकामा एक जनाको मृत्यु भइसकेको छ। १० जनाको अवस्था पनि गम्भीर रहेको छ।
ीबहmष् दबलप
मृत्यु हुनेमा कञ्चन गाउँपालिका–४ रूपन्देहीका सुलभ केसी हुन्। उनी अपहरण, शरीर बन्धक र जबरजस्ती करणी कसुरमा सुधार गृहमा ल्याइएका हुन्। उनको कुटपिटबाट नै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
मृत्यु भएका ती पछिल्लो समय लागुऔषध, मादक पदार्थ ओसारपसारमा पनि संलग्न रहेको सुधार गृहमै रहेको बताउँछन्।
कहाँबाट सामान ल्याउँछन् हामीलाई थाहा हुँदैन। प्रहरीको आँखा छलेर, गाँजा, चरेस अरू प्रतिबन्धित औषधीहरू पनि ल्याउँछन् भन्ने सूचना छ। बोतल, बोतलमा रक्सी ल्याउने र भित्रै बसेर खाने गर्थे।
अहिले लागुपदार्थ नखानेहरू अझै साम्य भएका छैनन्। उनीहरूमा ठूलै बदलाको भावना देखिन्छ।
भवनका रेलिङ, बार, पर्खाल सबै भत्काइसकेको अवस्था छ। अहिले मानवअधिकार, पत्रकारको टोली देखेपछि झन् हौसिएर भत्काइरहेका छन्। प्रहरी पनि मूकदर्शक बन्नुपर्ने अवस्था छ।
भवनको क्षमताभन्दा बढी भए पनि कोचाकोचकै अवस्था त थिएन। १ सय २० जना राख्न सकिने भवन अघिल्लो असोज ९२०७९ असोज ५ गते नै० उद्घाटन गरिएको हो।
लागुपदार्थ सेवन गर्नेहरूले अति नै पेलानमा राखेपछि यिनीहरू आक्रोशित भएका हुन्।
बालसुधार गृह भनिए पनि धेरै बालिग नै छन्। १४ वर्षदेखि २६ वर्षसम्मका छन्। सबै पुरूष हुन्।
तथापि, हामी बालख हौं हामीलाई कसैले केही गर्दैन, कानुनले पनि हामीलाई छुन, चलाउन सक्दैन भन्ने भावना देखिन्छ।
(जयेन्दु बाल सुधार गृह प्रमुख विमला काउचा मगरले अनलाईन खबरसँगको कुराकानीमा आधारित)









