बर्दिया — बर्दिया जिल्ला अदालतको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएका बर्दिया राजापुर नगरपालिका–७ का ३५ वर्षीय कुशकुमार चौधरी पक्राउ परेका छन् । उनी हालसम्म फरार थिए । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालका अनुसार चौधरीलाई बाँसगढी नगरपालिका–३ स्थित भगवती सामुदायिक वनको किनारामा लुकीछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय मोतीपुरको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालतमा कारबाहीका लागि बुझाइएको प्रहरीले जनाएको छ ।
हत्या मुद्दामा २० वर्ष कैद सजाय पाएका राजापुरका फरारी पक्राउ









