भिनाजुको हत्या गरेको आरोपमा एक जना पक्राउ

 

सोलुखुम्बु । भिनाजुको हत्या गरेको आरोपमा सोलुखुम्बु थुलुङ दूधकोशी गाउँपालिका २ देविस्थानका ४५ वर्षीय पूर्णबहादुर बस्नेत शनिबार पक्राउ परेका छन् ।

Advertisement

सोही गाउँपालिका १ नेले बस्ने आफ्नै भिनाजु ६० वर्षीय सुरेश बस्नेतको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

पूर्णबहादुरले आफ्नै घरमा पाहुना आएका सुरेशलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ । सुरेशको घटनास्थलमै मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु