, धनगढी । लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र प्रहरी प्रदेश कार्यालयबाट खटिएको टोलीले कैलालीको गौरीगंगा नगरपालिकाको राजिपुर क्षेत्रबाट लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ।
Advertisement
पक्राउ पर्नेमा बझाङको सुर्मा घर भएर राजीपुर बस्ने ४४ वर्षीय सालिमान पुजारा रहेका छन् । उनको साथबाट ४ किलो ८ सय ग्राम चरेश र ५०० दरका ३७ गरेर १८ हजार पाँच सय भारतीय रूपैयाँ बरामद गरिएको कार्कीले बताए ।
पुजारालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








