फत्तेबाल आँखा अस्पतालः दैनिक डेढ सयलाई आँखाको ज्योति

नेपालगन्ज । सामान्य उपचारका लागि नेपालीहरु भारतको लखनउमाउपचार गर्नगइरहेका बेलाभारतीयनागरिकहरु आँखा उपचारका लागि नेपालगन्ज आउने गरेका छन् । सस्तो र गुणस्तरिया उपचार हुने भएकाले उनीहरु नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालआउने गरेकाहुन । अस्पतालकाअनुसार दैनिक अढाई सय बढी भारतीयहरु दैनिक आउने गरेकाहुन । आँखा परीक्षणका लागि एक सय शुल्क तोकिएको छ ।

मोतिया बिन्दु अप्रेशनका लागि ६ हजार र फेको प्रविधिको आँखा अप्रेशनका लागि १० हजार शुल्क तिर्नु पर्छ । अस्पताल कर्मचारीहरुको साथित्व व्यवहारले पनि भारतीय नागरिकहरु उपचारका लागिआउने गरेकाहुन । ‘भारतमा आँखाको उपचार नहुने होईन तर नेपालगन्जमा राम्रो उपचार हुन्छ ।

Advertisement

यहाँ बस्ने राम्रो सुविधा छ । डाक्टरहरुको व्यवहार पनि राम्रो छ,’ भारत बहराईचबाट उपचारका लागि आएका मोेहम्मद शेष भन्छन्,‘सस्तोमा उपचार हुने भएकाले आँखाको उपचारका लागि नेपालगन्ज आउने गरेको हो ।’
उक्त अस्पतालमा भारतबाट उपचार गराउन आउनेहरुको बढी भिड हुने गरेको हो ।

भारतको बहराईच, गोण्डा, श्रावस्ती, गोरखपुर, लखिमपुर, सीतापुर, बाराबंकी, लखनउ, फैजाबाद, सुल्तानपुरलगायतका स्थानबाट दैनिक आँखाका बिरामी उपचारका लागि यहाँ आउने गरेका हुन । सस्तोमा गुणस्तरिया उपचार हुने भएकोले भारतीय नागरिक आँखा अस्पताल प्रति आर्कषित भएका छन् ।

गर्मी सिजनमा साढे तीन सय र जाडो सिजनमा दैनिक ५ सय बढीले आँखा परीक्षण उक्त अस्पतालमा हुने गरेको छ । त्यस्तै, गर्मी सिजनमा दैनिक २५ र जाडोमा दैनिक डेढ सय आँखाका विरामीका शल्यक्रिया गरी ज्योति प्रदानगर्दै आएको छ । उक्त अस्पताले जलबिन्दु, आँखानलीलगायतका जटिल शल्यक्रिया सेवा दिदै आएको छ ।

त्यसबाहेक आँखा परीक्षण, बालवालिकाका आँखाको विशेष उपचार, न्युन दृष्टि परामर्श सेवा, याग लेजर उपचार, मोतिबिन्दुको बिना टाँका तथा फेको प्रविधिबाट शल्यक्रिया हुने गरेको छ । मधुमेहका कारणले दृष्टि पर्दाम ाहुने खराबीको लेजर प्रबिधिबाट उपचार उपलब्ध छ ।

स्वर्गीय पत्तेजंग शाह र उनकी धर्म पत्नी बालदिब्येश्वरी शाहले नेपालगन्जको फुल्टेक्रास्थित दान गरेको घर जग्गामा तीन दशकअघि स्वीस रेडक्रस र स्थानीयले अस्पताल सुरु गरेकाथिए ।

सुरुमा १० शैयाबाट सुरु भएको अस्पतालमाहाल २ सय ५० शैया छ । स्वीस रेडक्रसले सहयोग छोडेपछि विभिन्न दाताका भरमा अस्पताल सन्चालन हँुदै आएको छ । एक वर्षमा करिव डेढ लाख आँखाका विरामीले सेव ापाउदै आएका छन् ।

अस्पतालले बर्दियाको राजापुर र बाँसगढी, बाँकेको राप्तीपारी, कोहलपुर, सुर्खेतको बबायिाचौर र जाजरकोटको कार्की गाउँमा सामुदायिक आँखा उपचार केन्द्र सन्चालन गरेको छ ।

अन्धोपन सर्बेक्षण अनुसार नेपालमा ० दशम्लब ५७ प्रतिशतमा अन्धोपनको समस्य ारहेकोमा हाल घटेर आधाम ाझरेको अस्पतालले जनाएको छ । विश्व स्वास्थ्य संगठनको लक्ष्य अनुसार अन्धोपनको समस्या नरहेको पुष्टि गर्न कुल जनसंख्याको २० प्रतिशत भन्दा कममा झार्नु पर्छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु