डुडुवा खोलामा पौडी खेल्ने क्रममा एक युवाको गयो ज्यान

 

बाँके । डुडुवा गाउँपालिका ५ लडिया घाटस्थित डुडुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर नेपालगन्ज उपमहानगरपालिका ६ फुल्टेक्रा बस्ने १५ वर्षीय भुपेन्द्र रानाको मृत्यु भएको छ ।

Advertisement

उनी सोमबार दिउँसो पौडी खेल्न डुडुवा खोला पुगेका थिए । पौडी खेल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बर्षा सुरु भएपछि खोला नदीमा पानीको बहाब बढेको छ ।

सावधानी नआपनाउँदा पौडी खेल्ने क्रममा मृत्युको घटना दोहोरिने गरेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु