नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका– ६ असमानपुरको जयन्दु बाल सुधार गृहमा दुई समूहबीच झडप भई तनावग्रस्त बनेको १६ घण्टापछि बाल सुधार गृहलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
घटना स्थानमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौर आफै कमाण्ड सकम्हालेका छन् । एसपीको कमाण्डमा करिव एक सय बढी नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपी रविन्द्र कार्कीको कमाण्डमा २५ जनाको टोली परिचालन गरी त्यहाँको अवस्थामा नियन्त्रणमा लिने प्रयास भईरहेको छ ।
Advertisement
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख डिआईजी उमेशराज जोशीज्यु घटनास्थल आईसकेका छन् । अवस्था नियन्त्रणमा आएपछि बाल सुधार गृहका कति जना कैदी बन्दी भागेका छन् यकिन हुने प्रहरीले जनाएको छ । बिहीबार राति उक्त गृहमा दुई पक्षबीत्र झडप हुँदा कञ्चन गाउँपालिका–४ रूपन्देहीका सुलभ केसीको मृत्यु भएको छ भने १० जना गम्भीर घाइते भएका छन्। हाल उनीहरूको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ।