ज्योति बिकास बहुउद्देश्य सहकारीद्धारा सहयोग

१२ श्रावण २०८१ , ज्योति विकास बहुउद्देश्य सहकारी संस्था लि. बढैयाताल ८ सितलाबजारले मृतक शेयर सदस्यका परिवार लाई २० हजार सहयोग प्रदान गरेको छ ।

सहकारीका शेयर सदस्य स्वर्गिय रेखादेवी खत्रीको घरमा गएर शक्रवार मुतकका शसुरा वुवा भिमबहादुर खत्रि लाई नगत रु २० हजार सहयोग प्रदान गरेको हो ।

Advertisement

सहकारी संस्थाको नियमानुसार संस्थाका शेयर सदस्यको मृत्यु भएमा परिवार हितकोष वाट सहयोग स्वरुप प्रदान गर्ने प्राबधान भए अनुसार मृतकका परिवार लाई उक्त रकम उपलब्ध गराएको संस्थाका अध्यक्ष उद्धब न्यौपानेले जानकारी दिए ।
सहकारीका संचालक समितिका सदस्य , बिभिन्न उप समितिका संयोजक , कर्मचारी , स्थानियको उपस्तितिमा मृतक शेयर सदस्य खत्रीको संझनामा १ मिनट मौनधारण गरि उक्त रकम हस्तान्तरण गरिएको सहकारीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु