बर्दिया —बढैयाताल गाउपालिका–८ स्थित मेरुकिया नालाको बाँधमा पौडी खेल्न गएका सोहि ठाउँ बस्ने १६ वर्षीय रोशन कार्कीको डुबेर मृत्यु भएको छ । उनि साथिहरु संग पौडि खेल्न गएका थिए ।
Advertisement
डुबेपछि स्वास्थ्य गम्भीर भएका कार्कीलाई साथीहरुले उपचारका लागि स्थानीय मेडिकलमा ल्याएका थिए । उनको उपचार त्यहाँ सम्भव नभएपछि जिल्ला अस्पताल गुलरियामा लगिएको थियो । उपचारकै क्रममा शुक्रबार राति करिब ७ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।









