शिक्षक महासंघको आन्दोलन फिर्ता

काठमाडौँ — संसद्‌मा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएपछि नेपाल शिक्षक महासंघको आन्दोलन फिर्ता भएको छ ।

संशोधनका लागि सुझाव दिन शिक्षक महासंघका प्रतिनिधिसहित कार्यदल बन्ने भएको छ । विभिन्न बुँदामा सहमति भएको र त्यसलाई लिखित गरेर सार्वजनिक गरिने जनाइएको छ ।
शिक्षक आन्दोलन पनि फिर्ता हुने सहमति पनि कायम भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा दुई पक्षबीच सिंहदरबारमा वार्ता भएको थियो ।

Advertisement

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु