बाँकेको बाल सुधार गृहको अवस्था समान्य, ४ जना अझै फरार

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका ६ मा रहेको बाल सुधार गृहमा दुई समूहको झडपपछ  तनाव परिस्थिति नियन्त्रणमा  आए पनि  ४ जना शुक्रबार साँझ अबेरसम्म सम्पर्कमा आएका छैनन्।  झडपपछि बालसुधार तोडफोड गरि भगेका  ३० जना मध्य ४ जना  सम्पर्कमा नआएका हुन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार बिहीबार राति आन्तरिक विषयमा झडप भएपछि बाल सुधार गृह तोडफोड गरी ३० जना भागेका थिए। तीमध्ये बाँकीलाई प्रहरीले नियन्त्रणमा लिए पनि ४ जना अझै फरार छ्न ।

Advertisement

उनका अनुसार शुक्रबार साँझ सुधार गृहको अवस्था सामान्य भइसकेको छ ।डुडुवा गाउँपालिकामा रहेको बाल सुधार गृहमा दुई पक्षबीच झडप हुँदा ११ जना घाइते भएका थिए।
रूपन्देहीको कञ्चन गाउँपालिका-४ का १८ वर्षीय सुलभ केसीको उपचारका क्रममा राति नै मृत्यु भएको थियो। केसी अपहरण शरीर बन्धक र जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई सुधार गृहमा आएका थिए। सजाय काटिरहेका थिए।

घाइते १० जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार जारी छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। अन्यको स्वास्थ्य अवस्था भने क्रमश: सुधार भइरहेको छ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु