बाँके- नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह भन्सार चेक प्वाइन्ट नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय मिलिग्राम सहित सुर्खेत गुर्भाकोट नगरपालिका-६ बस्ने २९ वर्षीय प्रकाश केसीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भे.७ प ६६८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।









