मुगु सदरमुकाम गमगढीमा आगलागी, ८ घर जलेर ध्वस्त

 

मुगु — सदरमुकाम गमगढीको कालिका मालिका मन्दिर भन्दा पछाडि रहेको बजारमा राति साढे १ बजेतिर आगलागी हुँदा ८ घर जलेर ध्वस्त भएका छन् ।

Advertisement

 

प्रदीप रावल, पुतली शाही, जंग ऐडी, शान्त्वना खत्री, पञ्च सेजुवालको घर र पदमराज मल्ल टिनको टहरासहित ८ जनाको घर जलेर पूर्णरुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय क्षति भएको छैन ।
आगो कसरी लाग्यो भन्ने कुनै तथ्य फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । साढे १ बजे सुरु भएको आगलागी राति ४ बजे नियन्त्रण आएको प्रहरीले जनाएको छ ।

 

 

नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, रेडक्रसकर्मी स्थानीयबासी खटिएर आगलागी नियन्त्रणमा लिएका हुन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु