बर्दियाबाट  ३४ दशमलव २ क्यूफिट काठ बरामद

बर्दिया —पपुलर जातको ३४ दशमलव २ क्यूफिट काठ सीमावर्ती भारत कतरनियाघाट वन्यजन्तु आरक्षबाट तस्करले ल्याएको आशंकामा गुलरिया नगरपालिका—९ खालीपरुवास्थित बूढीनालाको किनारमा लुकाइराखेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।

 

Advertisement

बेवारिसे अवस्थामा काठ बरामद गरिए पनि कोही पक्राउ परेका छैनन् । प्रहरीले बरामद गरेको काठ आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय बर्दिया पठाएको जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु