बर्दिया — बर्दिया बढैयाताल गाउँपालिका–३ भोलागौढी चोकनजिक आउँदै गरेको मोटरसाइकल सवार दुई जनालाई प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
Advertisement
जिल्ला प्रहरी कार्यालय,बर्दियाका अनुसार भे ६ प ७०५ नम्बरको मोटरसाइकलमा दुई जनालाई चेक गर्दा बासगढी नगरपालिका–६ दमौलीका २० वर्षीय मनीष शाहको चप्पलमा लुकाएर राखेको उक्त पदार्थ फेला परेको हो । मोटरसाइकलमा सवार सोही ठाउँका ३५ वर्षीय शिवलाल सुनार पनि पक्राउ परेका छन् ।
चप्पलमा लुकाएको सेतो रंगको पुरियामा बेरिएको ४ सय १० ग्राम उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।









