चौथो नाईस अवार्ड आज वितरण गरिदैँ

समाजमा राम्रो काम गरिरहेका अनुसरणीय व्यक्तिलाई छनौट गरी हरेक बर्ष प्रदान गरिदै आएको नाईस अवार्डको चौथो संकरणनेपालगन्जमा आज घोषणा गरि वितरण गरिने भएकोछ । बाँके जिल्लामा कार्यक्षेत्र बनाएर सामाजिक रुपान्तरणमा क्रियाशिल रहेका एक जनालाई नाईस अवार्ड २०२४ मार्फत नगद १० हजार सहित अवार्ड प्रदान गरिन लागेको हो ।

नाईस अवार्ड २०२४ का लागि यस अघि नै खुल्ला आव्हान गरिएको थियो । अवार्डका लागि दरखास्त गर्ने ब्यक्ति नेपाली नागरिक हुनुपर्ने, सामाजिक क्षेत्रमा कार्यक्षेत्र बाँके जिल्लामा रहेर काम गरेको हुनुपर्ने, कुनै पनि नियमनकारी निकायको कारवाहीमा नपरेको हुनुपर्ने र व्यक्ति अवार्डका लागि दावेदार हुन भनी आवेदक⁄मनोनयनकर्ताले स्पष्ट कारण आवेदन फारममा खुलाउनुपर्ने मापदण्ड राखिएको थियो ।
आज दिउसो नेपालगन्जमा हुने नाईस अवार्ड २०२४ को घोषणा तथा वितरण लुम्बिनी प्रदेश सभा सदस्य माननीय अम्बिका काफ्लेको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमका बिच गरिनेछ । नाईस अवार्डले समाजमा असल कार्य गरिरहेका ब्यक्तिलाई थप प्रोत्साहन मिल्ने तथा समाजका अन्य ब्यक्तिहरुले समेत असल र सामाजिक कार्यको अनुसरण गर्ने विश्वास रहेको छ ।यस अघि नाईस नेपालगन्जले तपशिल बमोजिमका ब्यक्तिहरुलाई नाईस अवार्ड प्रदान गरिसकेको छ

Advertisement

पहिलो नाईस अवार्ड २०२१
पहिलो नाईस अवार्ड २०२१ लागु औषध दूब्यसन बिरुद्धका अभियन्ता अभिराज क्षेत्रीलाई प्रदान गरिएको थियो । लागु औषध दूक्यसनि बिरुद्ध लामो समय देखि काम गर्दै आएका उनलाई उत्कृष्ट कार्य गरे वागत उक्त सम्मान प्रदान गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणाको प्रमुख आतिथ्यतामा खादा, सम्मान पत्र, ट्रफि तथा नगद १० हजार सहित सम्मान गरिएको थियो दोश्रोे नाईस अवार्ड २०२
नाईस नेपालगञ्जले मिति २०७९ साउन २३ गते नेपालगन्जमा सम्पन्न बिशेष कार्यक्रममा गैर सरकारी संस्थामा क्रियाशिल मुस्लिम अगुवा तथा सामाजिक अभियन्ता प्रबेज अली शिद्धिकीलाई सामाजिक रुपान्तरणमा पु¥याउनु भएको असल योगदानको उच्च कदर गर्दै नगद १० हजार पुरस्कार सहित दोश्रो ल्क्ष्ऋभ् ब्ध्ब्च्म् (द्दण्द्दद्द प्रदान गरेको थियो ।

तेस्रो नाईस अवार्ड २०२३                                                नाईस अवार्ड २०२३ नेपालगन्जका बरिष्ठ पत्रकार झलक गैरेलाई प्रदान गरिएको थियो । नाईस नेपालगन्जको अयोजनामा २०८० साउन २३ गते नेपालगन्जमा आयोजित एक बिशेष कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि संघिय साँसद माननीय डा. धवल शमशेर राणाले गैरेलाई अवार्ड प्रदान गरेका थिए । पत्रकारितामा तिन दशक लामो समय देखि निरन्तर रुपमा क्रियाशिल रहेर विकास र सकारात्मक पत्रकारितामा माध्यमबाट सामाजिक रुपान्तरणमा उल्लेखनिय योगदान पुर्याएका गैरे अवाडका लागि चयन भएका थिए । उहाले नाईस अवार्ड बाट प्राप्त रकम पत्रकारको स्वास्थ्य उपचारका लागि खर्च गर्नु भएको अध्यक्ष हेमराज भट्टले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु