बहुविवाह मुद्दामा ३ वर्ष ४ महिना सजाय पाएका गुलरियाका विक पक्राउ

 

बर्दिया — जिल्ला अदालत बर्दियाबाट बहुविवाह मुद्दामा सजाय पाएका फरार गुलरिया नगरपालिका–२ का जितु विकलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतले ०८० साल मंसिर २९ गतेको फैसला गर्दै बहुविवाह गरेको अभियोगमा ३ वर्ष ४ महिना १४ दिन कैद र ३५ हजार जरिवानाको फैसला गरेको थियो ।

Advertisement

फरार रहेका विकलाई उनकै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको बर्दिया प्रहरीले जनाएको छ । पक्राउ गरेका विकलाई जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु