लुम्बिनी प्रदेश आयोगमा दुई सदस्य नियुक्त

बुटवल — लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा दुई सदस्य नियुक्त गरेको छ । सरकारको भदौ २६ गते बसेको बैठकले रोल्पाका सुधनकुमार वली र कपिलवस्तुका सरोज खनाललाई नियुक्त गरेको हो । दुवै जनाले शुक्रबार पद तथा गोपनियताको शपथ लिएका छन् ।

 

Advertisement

लुम्बिनी प्रदेश सरकारले यसअघि प्रदेश योजना आयोगको उपाध्यक्षमा तुलसीपुर उपमहानगरपालिका–६ दाङका डा. नहकुल केसीलाई वैशाखमा नियुक्त गरेको थियो । डा. केसी ग्रामीण तथा स्थानीय विकासमा विद्यावारिधि गरेका छन् । केसी गरिबी निवारण कोषका पूर्व कार्यकारी निर्देशक पनि हुन् ।
प्रदेश योजना आयोग ५ सदस्यीय हुने व्यवस्था छ । शुक्रबार दुई जना नियुक्त भएपछि अब एक महिला सदस्य नियुक्त गर्न बाँकी रहेको र महिला सदस्य पनि छिट्टै नियुक्त हुने प्रक्रियामा रहेको सरकारका प्रवक्ता एवं गृह मन्त्री सन्तोषकुमार पाण्डेयले बताए ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु