बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दिया गृहमन्त्रालय सँग गरेको कार्यसम्पादन सम्झौता मूल्यांकनमा ९१.६८५७ अंक पाएर ४६ औं नम्बरमा परेको छ ।
गृह मन्त्रालयले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयसँग कार्यसम्पादन सम्झौता गरेको थियो। जसअनुसार आर्थिक वर्ष २०८०।८१ मा भएको कार्यसम्पादन सम्झौता मूल्यांकनमा ४६ भएको हो। त्यस्तै, जिल्ला प्रशासन कार्यालय बाँकेले ९४.५६२५ अंक पाएर २१ औं बनेको छ ।
Advertisement
जिल्ला प्रशासन कार्यालयमा आउने मुद्धाहरुको व्यवस्थापन, मिटरब्याज पीडितहरुको व्यवस्थापन, विपद् व्यवस्थापन, संघ संस्थाहरुसँगको समन्वय, कारागार र बाल सुधारगृहको व्यवस्थापन, शान्ति सुरक्षा तथा सुशासन, लागुऔषध न्यूनिकरण, परियोजनाहरुको निरिक्षण, सार्वजनिक सम्पत्तिको सुरक्षा, राजमार्गहरुको व्यवस्थापन लगायत जिल्ला प्रशासन कार्यालयको क्षेत्राधिकारभित्र पर्ने कामहरुको मूल्यांकनको आधारमा गृहमन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई अंक दिने गर्छ।
गत आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालयले सिमा क्षेत्रको सुरक्षा व्यवस्थापन प्रणालीलाई व्यवस्थित गर्दै भारतिय सिमा नाका बेलहियामा एकीकृत चेकजाँच बिन्दु र वाकथ्रु मेशिन संचालन, विभिन्न व्यक्तिले गैरकानुनी तवरले अतिक्रमण गरेका र आफ्नो नाममा बनाएका सार्वजनिक जग्गाहरुको पहिचान गरि सरकारको नाममा फिर्ता ल्याउने, कार्यालयमा आउने सेवाग्राहीको लागि अडियोमा नागरिक वडापत्रको व्यवस्थापन लगायतका काम गरेका थिए।
त्यस्तै रुपन्देही जिल्ला प्रशासन कार्यालयले ९८ नम्बर अंक ल्याएर प्रथम भएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पा दोस्रो हुन सफल भएको छ। वर्षभरि गरेका कामहरुको आधारमा पाल्पाले ९७ दशमलव ७५ प्रतिशत अंक प्राप्त गरेको छ।









