छात्रासँग बहुविवाह गर्ने खजुराका मौलना पक्राउ

नेपालगञ्ज — खजुरा गाउँपालिका खजुरा गाउँपालिका ८ चमकदारपुरस्थित बिलाली मस्जिदमा छात्रछात्रालाई उर्दु र अरबी अध्यापन गराउने मौलाना अतीक अहमद खालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीविरुद्ध उनकै श्रीमती मन्तसा खातूनले बहुविवाह र बालविवाह सम्बन्धी कसूरमा जाहेरी दिएपछि पक्राउ गरेका इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ ।

Advertisement

उनले छात्रासँग समेत विवाह गरी एउटा बच्चा समेत जन्मिसकेको छ । उनी एक वर्ष अघि आफ्नै १४ वर्षीय छात्रालाई लिएर भारत भागेका थिए ।

उनीविरुद्ध उनकै श्रीमतीले बहुविवाह र बालविवाह सम्बन्धी कसूरमा उजुरी दिएपछि बाँके जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु