सर्पले डसेर गुलरिया १ का २ बालिकाको मृत्यु, एक गम्भिर

 

बर्दिया — बर्दियाको गुलरिया नगरपालिका–१ मा सर्पले डसेर ९ महिना र ११ महिनाकी बालिकाको मृत्यु भएको छ । बालिकालाई आमासँगै सुतिरहेको अवस्थामा डसेको हो ।

Advertisement

उनीहरुलाई उपचारका लागि गुलरिया अस्पतालमा पुर्‍याउँदा मृत्यु भइसकेको बर्दिया अस्पतालले जनाएको छ । त्यसैगरी मधुवन नगरपालिका–२ ओराली बजार बंगालीपुर बस्ने वर्ष ६ कि रिया चौधरी सर्पको डसाइबाट गम्भीर घाइते भएकी छिन् ।

जिल्ला अस्पताल गुलरियामा उपचार हुन नसकेपछि उनलाई नेपालगन्जस्थित भेरी अस्पतालमा रिफर गरिएको गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु