२०८० भदौ २८ गते (बिहीबार) दिउँसो: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरू लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।   […]

  रासस, २८ भदौ, काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर […]

      २८ भदौ, हेटौडा।  हेटौंडा उपमहानगरपालिका-१ स्थित सञ्चो हस्पिटलका  दुई जना चिकित्सकहरु कुटिएका छन् । बुधबार हस्पिटलका चिकित्सकहरू विकास थापा र प्रशान्त विडारीमाथि एचडीयु वार्डमा कुटपिट भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य सेढाइले जानकारी दिए । एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गु परीक्षण गर्दा पुष्टि भएका हेटौंडा-१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही […]

  २८ भदौ, काठमाडौं । लिबियामा बाढीमा परी ५ हजार बढीको मृत्यु भएको छ । लिबियाका मन्त्री हिशाम चकियोतले ५ हजार ३०० जनाको मृत्यु भएको बीबीसीसँग बताएका हुन् । आपतकालीन उद्धारमा खटिएका अधिकारीहरुले १० हजार जना बेपत्ता भएको र ३० हजार जना मानिस विस्थापित भएको बताएका छन् । डेनियल नामको आँधीका कारण आइतबार राति डेर्नामा […]

  काठमाडौं । सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित  मुन्धुम र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गर्ने तय भएको छ ।   एमालेको केन्द्रीय प्रचार एवं प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार आज ११ बजे पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टि गरिनेछ । उनको अन्त्येष्टिअघि शवयात्रा हुनेछ । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, […]

२७ भदौ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा खुला प्रतियोगिताबाट पूर्ति गरिने पदमध्ये ४९ प्रतिशतमा आरक्षण दिने प्रस्ताव गरिएको छ ।   जसमा खस आर्य महिलालाई २७.७ प्रतिशत, आदिबासी जनजाति महिलालाई २५.७ प्रतिशत, मधेशी महिलालाई १५.३ प्रतिशत, दलित महिलालाई १२.७ प्रतिशत, थारु महिलालाई ६.६ […]

  काठमाडौँ — सुपर-४ मा श्रीलंकालाई हराउँदै भारत एसिया कपको फाइनलमा पुगेको छ । मंगलबार कोलम्बोको प्रेमदासा रंगशालामा श्रीलंकालाई ४१ रनले हराउँदै भारत प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । २१४ रनको सहज लक्ष्य पछ्याएको श्रीलंकाले ४१.३ ओभरमा अलआउट हुँदै मात्र १७२ रन बनाउन सक्यो । श्रीलंकाका लागि दुनिथ वेलालागेले नटआउट रहँदै सर्वाधिक ४२ रन बनाए […]

  काठमाडौँ — संसद‍्‍मा दर्ता विद्यालय शिक्षा विधेयक–२०८० मा विद्यालय व्यवस्थापन समितिमा सरकारले वडाध्यक्ष वा निजीले तोकेको वडा सदस्य अध्यक्ष रहने ब्यवस्था हटाएको छ ।   ‘स्थानीय रूपमा बसोबास गरेको बुद्धिजिवी, शिक्षासेवी, शिक्षाप्रेमी तथा समाजसेवी मध्येबाट कम्तीमा दुई जना महिला समेत रहने गरी समावेशी सिद्धान्तको आधारमा विद्यालय व्यवस्थापन समिति रहने विधेयकमा भनिएको छ । साउन […]