काठमाडौँ । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा ऐतिहासिक कमाई गरेको छ । रिलिजको पहिलो दिन विहिबार स्त्री-२ ले ५५ करोड ४० लाख कमाई गरेको फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । फिल्मले बुधबार पेड रिभ्युबाट ९.४० करोड कमाई गरेको र विहिबार ५५ करोड ४० लाख गरि कुल ६४ करोड ८० लाख कमाई […]

काठमाडौं । अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरुको कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ति टोली गठन गरी परिचालन गर्ने छन् । यसैगरी आन्तरिक राजस्व परिचालन रणनीति २०८१ कार्यान्वयन […]

काठमाडौं । बिहीबार भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । दोलखाको मेलुङ गाउँपालिका- ४ का करिब ३० वर्षीय शम्भु नेपालीलाई गएराति प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ । पक्राउ परेका उनी अहिले ठिमी प्रहरीको नियन्त्रणमा छन् […]

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंकी पक्सलाई विश्वव्यापी सार्वजनिक स्वास्थ्य संकट घोषणा गरेको छ । डब्ल्यूएचओले दुई बर्षमा मंकीपक्सलाई स्वास्थ्य संकट घोषणा गरको यो दोस्रो पटक हो । यो रोग स्वास्थ्य आपतकालिन रूपमा रिपोर्ट गरिएको छ । कंगोमा यो रोगको प्रकोप फैलिएको छ र छिमेकी राष्ट्रहरू पनि यसको चपेटामा परेका छन् । मंकी […]

  काठमाडौँ । रुसकी एक ब्याले डान्सरलाई १२ बर्षको जेल सजाय भएको छ । रुसी अदालतले ब्याले डान्सर केसेनिया कार्लिनालाई युक्रेनलाई सहयोग गर्ने एक परोपकारी संस्थालाई ५१ डलर दान गरेको आरोपमा १२ वर्षको जेल सजाय सुनाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । उनलाई देशद्रोहको मुद्दामा यो सजाय दिइएको हो । कार्लिना हाल लस एन्जलसमा बस्दै […]

काठमाडौँ । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । विहिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई राजदूतका लागि सिफारिस गरेको हो । लम्साल २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी थिइन् । उनी परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव समेत हुन् ।

काठमाडौँ । स्पेनिस ला लिगाको नयाँ सिजन शुरु भएको छ । गएरातीबाट सुरु भएको नयाँ सिजनका शुरुका दुवै खेल बराबरीमा सकिएका छन् । सिजनको पहिलो खेलमा एथलेटिको बिलबाओ र गेटाफेले १–१ को बराबरी खेलेका छन् । एथलेटिक बिल्बाओका लागि खेलको २७औं मिनेटमा ओइहान सान्सेटले शुरुवाती गोल गरेका थिए भने खेलको ६४औं मिनेटमा क्रिससान्टस उचेले गेटाफेका […]

धनगढी । डोटीमा बस दुर्घटना भएको छ । कैलालीको धनगढीबाट डोटीको दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायलको सिलगडी नगरपालिका-४ समुहगाडमा आज बिहान ४ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बसमा सवार १४ जना पुरुष र २ जना महिला घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको सुजङ् अस्पतालमा […]

काठमाडौँ । शुक्रबार ६ वटा संसदीय समितिको बैठक बस्ने कार्यसूची रहेको छ । आज अर्थसमिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, कानुन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । बिहान ११ […]

काठमाडौं- अवैध रूपमा संकलन गरी लैजान लागेको सुन जस्तो देखिने पहेलो रंगको धातु करिब ५० ग्रामतौलको २ थानसिक्री सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका-५ स्थायी वतन भएकी ३१ वर्षीया जानुका न्यौपाने र स्याङ्जा वालिङ नगरपालिका-५ स्थायी वतन भएका २२ […]