मन्त्रिपरिषद् विस्तार आजै, ७ जनाको नाम राष्ट्रपति कार्यालय पठाइँदै

काठमाडौँ/ईकान्तिपुर — प्रधानमन्त्री सुशीला कार्कीले आजै मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छिन् । जेन-जी समूहलाई समेत समेटेर उनले मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । ‘मन्त्री बन्नेहरूको कागजात संकलन भइरहेको छ । त्यसपछि ७ जनाको नाम राष्ट्रपति कार्यालय पठाइने छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने,’ उनीहरूको नाम आजै साँझ बस्ने मन्त्रिपरिषद् बैठकमा उल्लेख गरिनेछ ।’ […]

२०८२, ५ आश्विन आईतवार १५:३५

सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ?

  “सेनाले सिंहदरबार जोगाइदिएको भए हुन्थ्यो, सिंहदरबार जल्दा सारा नेपालीको जीवन पद्धती नै जल्यो, किन सेनाले जोगाएन प्रश्न उठेको छ,” पूर्वउपरथी अन्नत कार्की भन्छन्।   काठमाडौं, २ असोज । जेन-जी आन्दोलनका कारण देशभरि ७४ जनाको मृत्यु भएको छ। मृत्यु हुने आन्दोलनकारी, कैदी, प्रहरी र अन्य छन्। जेन-जी आन्दोलनले देशमा मृत्युको शोक दौडिरहँदा महत्वपूर्ण निकायहरू ध्वस्त […]

२०८२, २ आश्विन बिहीबार १३:३७

निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु

काठमाडौँ/रासस— प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले प्रारम्भिक तयारीका काम सुरु गरेको छ । यसअघि आगामी कात्तिक १७ गतेका लागि निर्धारित रुपन्देही निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरी मध्यावधि निर्वाचनका लागि आयोगले प्रारम्भिक तयारी सुरु गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले […]

२०८२, ३१ भाद्र मंगलवार १६:३०