काठमाडौं । बुधबार भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नम्बर ८५२ (जहाज ९ एन एएमडी) मा यात्रु सुमन गौतमले अनाधिकृत रूपमा आपतकालीन ढोका खोल्दा उक्त उडान ढिलो हुन गएको छ। उक्त कार्यमा संलग्न यात्रुलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ। हवाई सुरक्षा मापदण्ड अनुसार, जहाजको विस्तृत प्राविधिक परीक्षणका लागि […]

  गुल्मी । गुल्मीमा चोरीका दुई स्कुटरसहित दुई जना किशोर पक्राउ परेका छन्। पाल्पाको तानसेन नगरपालिका-१४ अर्घलीका १६ वर्षीय किर्तिक पराजुली र रुपन्देहीको बुटवल उपमहानगरपालिका-३ गोलपार्कका १६ वर्षीय प्रमिश पौडेल पक्राउ परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुका अनुसार यस जिल्लाको रुरुक्षेत्र […]

  बर्दिया — गुलरिया–५ वालापुरमा पोथी चितुवा मंगलबार मध्यरातमा नियन्त्रणमा आएको छ । गाउँ नजिक रहेको सामूदायिक वनबाट निस्केको चितुवा स्थानीयले घर नजिक थापेको केजभित्र पसेपछि नियन्त्रणमा आएको हो । स्थानीयले दुख्ख दिंदै आएको चितुवालाई नियन्त्रणमा लिन स्थानीयले आफै केज बनाएका थिए । असार यता डिभिजन वन कार्यालय अन्तर्गत चितुवाबाट ५, बाघबाट १ र हात्तीबाट […]

कुलचन्द्र न्यौपाने काठमाडौँ /ईकान्तिपुर— सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिका छाड्न नमानेपछि विशेष महाधिवेशन नयाँ नेतृत्व चयनतर्फ अघि बढेको छ। यता संस्थापन पक्षधर नेताहरू केन्द्रीय कार्यसमितिको बैठक बस्न सदस्यहरू सानेपा जान थालेका छन्। सोमबारदेखि निरन्तर भएका छलफल आज बिहान आइपुग्दासम्म नेतृत्वकै विवादमा कुरा नमिलेपछि कांग्रेस औपचारिक रूपमा विभाजन उन्मुख भएको हो। सभापति शेरबहादुर देउवासँग आज बिहान […]

काठमाडौँ  नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही पुस २७ र २८ गतेका लागि आयोजना गरिएको विशेष महाधिवेशनको बन्दसत्रमा विभिन्न प्रतिवेदन उपर छलफल जारी रहेकाले आजसम्मका लागि लम्बिएको हो । विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले आज बिहान ९ बजेदेखि बन्दसत्र पुनः जारी […]

सल्यान/ईकान्तिपुर —आगलागीसँगै ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका-२ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको छ । भारतको हिमाचल प्रदेशको सोलान जिल्लाको अर्की भन्ने ठाउँमा उक्त घटना भएको हो । राति सुतेको समयमा अचानक पसलमा आगलागी भएको र पसलमा भएका सिलिन्डर विस्फोट भएको थियो । घटनामा वर्ष ३३ का धनबहादुर विक, उनकी श्रीमती वर्ष […]

  जानकी (बाँके) । ‘मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । दुई महिनामै टमाटर बिक्री गरेर सबै ऋण तिरीसकें’, बाँकेको खजुरागाउँपालिका-२, सि गाउँका किसान वीरेन्द्रप्रसाद मुराउ भन्छन्, ‘तर मेरा छोराहरुले अझै ऋण तिर्दैछन् […]

बबई (बर्दिया)। बर्दियाको ठाकुरबाबा नगरपालिकाको हिमालय आधारभूत विद्यालय हाताभित्र रहेको एउटा कोठामा बेड र बिस्तारा मिलाएर राखिएको छ । कक्षाकोठा हेर्दा कुनै पनि होटेलमा सजाइएको कोठाभन्दा कम देखिँदैन । सजाइएको कक्षाकोठामा तीन वटा बिस्तारा र अध्ययन गर्नका लागि टेबुल, कुर्सीसमेत नजिकै राखिएको छ । पिउने पानीदेखि सबै सामग्री व्यवस्थापन गरिएको छ । विद्यालयमा अध्ययन गर्ने किशोरीले विद्यालय समयमा महिनावारी […]

बिबिसि । भदौमा भएको जेन जी आन्दोलनपछि असोज मसान्तमा नेपाली कांग्रेसका कुल महाधिवेशन प्रतिनिधिहरूमध्ये ५४.५८ प्रतिशतले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेका थिए। आइतवारसम्म उक्त प्रतिशतभन्दा पनि धेरै ५७.३९ प्रतिशत प्रतिनिधि भृकुटीमण्डपमा आइपुगेको आयोजकहरूले दाबी गरेका थिए। सोमवार त्यसमा छ प्रतिशत सङ्ख्या अझै थपिएको आचार्यले बताएका छन्। कांग्रेसको विधानअनुसार ४० प्रतिशत प्रतिनिधिहरूले मागेको खण्डमा विशेष […]

  तुलसीपुर (दाङ) —दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने चटारो छ । माघी नजिकिएसँगै उहाँ अहिले ढिक्री बनाउनमा नै व्यस्त छिन् । त्यस्तै तुलसीपुर १० बनकाउकी विझौनी थारूको व्यस्तता पनि उस्तै छ । ढिक्री बनाउनै उनलाई भ्याइनभ्याइ छ । उनीहरू मात्रै होइन, माघी नजिकिएसँगै अहिले थारू समुदायमा ढिक्री बनाउने चटारो छ । […]