काठमाडौँ । चलचित्र ‘धागो’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले चलचित्रको मूल भावलाई प्रस्ट्याइएको छ । जसमा परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइले निम्त्याएका दैनिक समस्या र सामाजिक दुरवस्थाको सङ्घर्षको मार्मिक चित्रण गरिएको छ । ट्रेलरमा मुख्य गरी परिवारमा रहेको आर्थिक समस्याका कारण सिर्जित दैनिक समस्या र त्यससँग जुध्न गरिएको सङ्घर्ष देखाइएको छ । उदीप […]
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः१५ बजे हुने स्पर्धामा सात्वना जित हात पार्ने नेपालको लक्ष्य छ । अमेरिका, नेपाल र युएई सहभागी जारी सिरिजमा यो अन्तिम खेल हो । यसअघि दुवै टोलीले तीन–तीन खेल खेलेका छन् । नेपाल […]
काठमाडौं । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले बुधबार एक सूचना जारी गर्दै ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि’ अनुसार कर्जा लिन योग्य इच्छुक उद्यमीहरूलाई आवेदन दिन अनुरोध छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाको प्रस्तावमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले यो कर्जाका लागि आवेदन खुला गरेको हो । इच्छुक उद्यमीहरूलाई प्रस्ताव पेस गर्न २१ दिनको […]
बबई (बर्दिया) । भारतको बहराइच जिल्लासँग जोडिएको ८३ किलोमिटर लामो खुला सीमा भएको बर्दिया जिल्लामा पछिल्ला वर्ष मानव ओसारपसारका घटना वृद्धि भइरहेका छन् । खुला सीमाको फाइदा उठाउँदै मानव बेचबिखनमा संलग्न दलालले विशेष गरी किशोरी र महिलालाई भारत पु¥याउने गतिविधि हुने गरेका छन् । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका क्षेत्रमा क्रियाशील संस्था माइती नेपालका अनुसार चालु आर्थिक […]
बर्दिया —बर्दियाको बढैयाताल सिमाको भारतिय सीमावर्ती लौकाही हुँदै आएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–५ का दुई युवा लागुऔषध ब्राउन सुगर सहित बर्दिया प्रहरीले पक्राउ गरेको छ । गुलरिया नपा–११ गणेशपुर नाका हुँदै भे८ प १८७२ नम्बरको मोटरसाइकलमा सवार रुकुमपश्चिम मुसिकोट–५ का २३ वर्षीय विकास परियार र सोही ठाउँका २३ वर्षीय विनोद कठायतलाई चेकजाँच गर्दा ४ […]
काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९ वटा दल र समूहबीच आज एकता घोषणा हुँदैछ । एकतामा सहभागी दलहरुले आज दिउँसो १ बजे भृकुटीमण्डपमा सभा गरेर एकता घोषणा गर्न लागेका हुन् । अनलाइन खबरका अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लवबाट छुट्टिएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी […]
तनहुँ / रासस—बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको हो । मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो । कुटपिट गर्ने […]
बर्दिया /ईकान्तिपुर—स्वदेशी तथा विदेशी चिकित्सक तथा प्राविधिक टोलीद्वारा हात्तीको स्वास्थ्य परीक्षण सुरु भएको छ । ठाकुरबाबा नगरपालिका–९ हात्तीसारमा रहेका हात्तीको स्वास्थ्य परीक्षण मंगलबारदेखि सुरु भएको हो । उक्त हात्ती स्वास्थ्य शिविर बर्दियामा बुधबारसम्म चल्नेछ । हात्तीको स्वास्थ्य चेकजाँच तथा नङ काट्ने कार्यमा केएसिएफ भन्ने अमेरिकन भेटनरी डाक्टर, बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष(एनटिएनसि) […]
बुधबार दिउँसोः देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम […]
बर्दिया —औराही खोलामा डुबेर ठाकुरबाबा नगरपालिका–७ बठनपुरका १२ वर्षीय अभिषेक बुढाको मंगलबार मृत्यु भएको छ। वडाध्यक्ष कमलबहादुर विष्टका अनुसार साथीहरुसँग खोलामा नुहाउन गएको बेला दिउँसो सवा १ बजे बालक बेपत्ता भएका । घटनास्थल नजिकै बेपत्ता बालकको शव फेला परेको थियो।












