२०८२ चैत्र ०८ गते (आइतबार) दिउँसोः देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आँशिक बादल लाग्नेछ। देशको पहाडी र हिमाली भु-भागका थोरै स्थानहरू तथा कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। रातीः देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी र तराई […]

नेपालगञ्ज- आज मुस्लिम धर्मावलम्बीहरूले ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् । ईद इस्लामिक पात्रो अनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्य सँगै मनाइन्छ । ईद उल–फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ। हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम […]

चैत ६-गते पश्चिमी वायु को ठुलो प्रणाली नेपालगन्ज – दाङ- हुँदै बुटवल पोखरा पुग्दै छ भने काठमाडौं को दक्षिणी भागमा – भैन्सेपाटी गोदावरी मा वर्षा हुन सुरु गरेको छ । अबको केही घन्टा मै यो प्रणाली थप सक्रिय हुने- हावाहुरी असिना पानी बड्दै जाने संभावना थप बलियो।

सुर्खेत/ रातोपाटी-  गुर्भाकोट नगरपालिका–६, बडाखोलीकी १६ वर्षीया इनिशा विकको वीरेन्द्रनगरस्थित जङ्गलमा बलात्कारपछि हत्या भएको घटनाप्रति सबैको ध्यान केन्द्रित भइरहेका बेला गुर्भाकोटमै अर्को कहालीलाग्दो घटना घट्यो । गुर्भाकोट नगरपालिकाको वडा नम्बर १२ स्थित पिप्ले गाउँकी ३८ वर्षीय माया कठायत आइतबार आफ्ना दुई छोराछोरीसहित भेरी नदीमा हामफालेर अस्ताइन् । पारिवारिक कलह सहन नसकेर मायाले मृत्युको बाटो रोजेको […]

  काठमाडौं । यही चैत ६  गते लुम्बिनी  प्रदेशमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हावाहुरीबाट रुख ढल्ने, कमजोर संरचना उडाउने वा विद्युत तथा सञ्चार सेवा प्रभावित हुने सम्भावना भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । विभागले आज दिउँसो सार्वजनिक गरेको सूचनामा उल्लेख भएअनुसार चैत ६ गते […]

  नेपालगन्ज — बाँकेको बैजनाथ गाउँपालिका–५ छमनियामा जग्गा प्रयोगको विषयमा विवाद हुँदा घरमा आगजनी गरी एक महिलाको हत्या भएको छ । बैजनाथ गाउँपालिका वडा–५ छमनियाकी ५५ वर्षीया भगवनी थारुको घरमा आगजनी गरी हत्या गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मंगलबार बिहान १० बजेतिर हँसिया प्रहारबाट ती महिलाको हत्या भएको हो। हँसिया प्रहरी गरी […]

सुरजपुर/ ईकान्तिपुर–मूर्तिहा भन्सार नाका सञ्चालनका लागि नेपाल–भारतबीच भएको सम्झौता २७ वर्ष बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन। वन्यजन्तु आरक्ष र जग्गा उपलब्ध गराउने विषयमा भारतको ढिलासुस्तीका कारण नाका सञ्चालनमा अवरोध आएको छ। नाका नखुल्दा स्थानीय व्यवसायी र नागरिक मर्कामा परेका छन् भने राजस्व संकलनमा समेत असर परेको छ। बर्दिया — यहाँस्थित सुरजपुर–मूर्तिहा भन्सार नाका सञ्चालनका […]

  काँक्रेविहार (सुर्खेत) । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका–८ गङ्गटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन् । जिल्ला […]

बर्दिया/ ईकान्तिपुर— बर्दियामा चितुवाको त्रास यति बढेको छ कि किसानहरू अब एक्लै खेत जान पनि डराउन थालेका छन् । खेत, जंगल र घरआँगनसम्म चितुवा पसेर मानिसमाथि आक्रमण गर्न थालेपछि गाउँबस्तीका बासिन्दा समूह बनाएर मात्रै काम गर्न बाध्य भएका छन् । चालु आर्थिक वर्षमै जिल्लामा चितुवाको आक्रमणबाट ८ जनाको ज्यान गएपछि मानव–वन्यजन्तु द्वन्द्व गम्भीर बन्दै गएको […]

राष्ट्रिय स्वतन्त्र पार्टी बर्दिया क्षेत्र नं १ का उम्मेदवार ठाकुर सिंह थारुको फराकिलो मतान्तरले अगाडि । नवौं पटक १७६३२ मत गन्दाको मत परिणाम, घण्टी १०२४३, सुर्य २६३५, तारा १४८७ रुख १४३८ मत प्राप्त गरेका छन् । ( 1:50 बजे )