बर्दिया — बर्दिया जिल्ला अदालतले गत भदौ २४ को जेनजी आन्दोलनका प्रदर्शनका क्रममा अपराधिक प्रवेश तथा अपराधिक उपद्रता मुद्दामा गुलरिया–४ का रोनक पोरवार र गुलरिया–७ का अशरद पठानलाई पुर्पक्षका लागि कारागार पठाएको छ । घटनामा संलग्न पाँच जनालाई धरौटी लिई तारेखमा छाडिएको छ । एमाले,कांग्रेसको पार्टी कार्यालय, गुलरिया नगरपालिकाको कार्यालयमा तोडफोड, लुटपाट र आगजनीको […]

बर्दिया —राजापुर नगरपालिका–४ स्थित हमार थारु घर थारु रेष्टुरेन्टमा कार्यरत २७ वर्षीय निरज चौधरीलाई गोली प्रहार गरी हत्या गर्ने ब्यक्ति फरार भएका छन ।   जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी अनुसार थारुको उपचारका क्रममा नेपालगन्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो । गोली उनको गाला र दुबै कानमा लागेको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका […]

  बर्दिया —पतिबाट उपेक्षित बर्दिया बढैयाताल–४ की अञ्जु थारूलाई अदालतले अंश कायम गरिदिए पनि जिल्ला प्रशासन र वडाले नागरिकताका लागि सिफारिस नदिँदा पाउनुपर्ने अंश र छोरीको जन्म दर्ता नै रोकिएपछि उनले २२ कात्तिकमा आत्महत्या गरेकी थिइन् । छोरीको न्यायका लागि संघर्षरत बाबु कान्छा थारूले पनि चौथो दिन छोरीकै बाटो पछ्याएका थिए ।   ‘महिलामाथि नागरिकताको विभेद : […]

काठमाडौँ । गृह मन्त्रायलले बर्दियाको बढैयाताल ४ भकारीकाा एक महिलाले नागरिकता नपाएर आत्महत्या रोज्न बाध्य भएको भनिएको घटनामा सत्यतथ्य छानविन गर्न एक समिति गठन गरेको छ । मन्त्रालयका अनुसार सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरेको हो। गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटनाको बारेमा गम्भीर ध्यानाकर्षण भएको […]

  काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुनेगरी समयसीमा निर्धारण गरिएको छ । निर्वाचनका लागि राजनीतिक दलहरूले आन्तरिक रूपमा तयारीलाई तीव्र पारेका छन् । आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको […]

  काठमाडौँ —प्रधानमन्त्री सुशीला कार्कीले बर्दिया बढैयाताल–४, दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन दिएकी छन् । प्रधानमन्त्री कार्कीले शनिबार सामाजिक सञ्जाल (फेसबुक)मार्फत उनले घटनाको वास्तविकता छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिएका जानकारी गराएकी हुन् । प्रधानमन्त्री कार्कीले बर्दियाको बढैयाताल–४, दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकताका लागि […]

  काठमाडौँ /ईकान्तिपुर—स्पेनमा नेपाली श्रमिकलाई कृषि क्षेत्रमा आधुनिक दास सरहमा काममा लगाएको खुलेको छ । स्पेनी प्रहरीले दासलाई जस्तै व्यवहार गरिएको अवस्थामा तीन सयभन्दा बढी नेपालीसहित आप्रवासी श्रमिकलाई काम गराउने ११ जनाको गिरोहलाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । प्रहरीले ३ सयभन्दा बढी सम्भावित पीडित पहिचान गरेको छ । जसमा ठूलो संख्या नेपाली नागरिक […]

नेपालगन्ज । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावकारी कार्यान्वयनको अभाव भएको कानुन विज्ञहरुले बताएका छन । उनीहरुले महिला तथा बालबालिका सम्वन्धी राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरको प्रयाप्त कानुन भएपनि कार्यान्वयन प्रक्रिया फितलो भएकाले पिडितले न्यायोचित न्याय पाउन नसकेको अवस्था रहेको बताएका थिए । महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले […]

काठमाडौँ /रासस-  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इन्फ्लुएन्जा (फ्लु) बाट बच्न आग्रह गरेको छ । मन्त्रालयले चिसो बढेसँगै फ्लु सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो ।   जाडोमा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धासमेत सबै उमेरका व्यक्तिलाई फ्लु लाग्न सक्छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक […]