नेपालगन्ज, असोज २ गते । जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते बाँके जिल्लाका विभिन्न सरकारी कार्यालय र स्थानीय तहमा गरिएको आगजनी र तोडफोडबाट तीन सयभन्दा बढी सवारी साधनहरु नष्ट भएका छन् । नष्ट भएका सवारी साधनहरुमा मोटरसाइकल धेरै रहेको विभिन्न कार्यालयबाट प्राप्त भएको तथ्याङ्कबाट जानकारी भएको छ । विभिन्न समयमा पक्राउ गरेर नेपालगन्ज भन्सार कार्यालयमा […]
भैरहवा, असोज २ गते । रुपन्देहीमा लामखुट्टेबाट सर्ने जापानिज इन्सेफ्लाइटिस (जेई) र डेङ्गु दुवै रोगको सङ्क्रमण एकैसाथ बढ्दै गएको छ । यी रोगका कारण हालसम्म दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय, रुपन्देहीले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा जापानिज इन्सेफ्लाइटिसका १० जना र डेङ्गुका १८४ जना सङ्क्रमित भेटिएका छन् । सङ्क्रमितमध्ये जापानिज इन्सेफ्लाइटिसका तीन जना […]
२०८२ आश्विन ०२ गते (बिहीबार) हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। आज दिउँसोदेशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरुमा […]
काठमाडौं । सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको छ । भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रभममा कम्तिमा ७२ जना युवाको मृत्यु भएको थियो । उनीहरुको सम्मानमा यही भदौ ३० गतेको अन्तरिम सरकार मन्त्रिपरिषद बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने घोषणा […]
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश,बागमती प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भाग र लुम्बिनी प्रदेशका तराइका भू-भागका एक-दुई स्थानम भारी वर्षाको सम्भावना रहेको छ। आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश […]
नेपालगन्ज- बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका ३ सिनाबास फर्किने क्रममा ४५ वर्षीया लक्ष्मी थारुको शव बाघले खाएको अवस्थामा फेला परेको छ । स्थानीयका अनुसार माथेबास मदुईस्थित आफन्तको घरमा गएकी लक्ष्मी थारु आइतबारबाट बेपत्ता भएकी थिईन । उनको खोजि गर्दालसोमवार जनमुखी सामुदायिक वनको ५० मिटर पर बाघले खाएको अवस्थामा शव भेटिएको हो । दुवै खुट्टा […]
गुलरिया(बर्दिया) भदौ ३१ गते । बर्दियामा देशका विभिन्न कारागारबाट फरार भएका सात जना कैदीलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । जेनजीको आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीहरूलाई विशेष सूचनाको आधारमा बर्दिया प्रहरीले पक्राउ गरेको हो । कारागारबाट भागेपछि कोही बर्दिया घरमा आएका, आफन्तीकोमा लुक्न आएका र भारततर्फ भाग्दै गरेका कैदीहरूलाई बर्दिया प्रहरीले पक्राउ गरेको हो । […]
३१ भदौ, काठमाडौं । भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका-४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन् । दुर्घटनामा नवराज […]
काठमाडौँ/रासस — हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी ‘बुलेटिन’का अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनुका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थान र […]
बाँके, ३० भदौ- कोहलपुर नगरपालिका-२ सालको बुटा नजिकैबाट स्रोत नखुलेको नगद ७ लाख ६६ हजार रूपैयाँ सहित ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदो बस्ने २६ वर्षीय ऋषिकेश मिश्रा रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट […]










