शम्भु थारु नेपालगन्ज, १९ भदौं २०८२ बाँकेमा बिहिबार भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र बाँके सहित ४ वटा पशु तथा मत्स्य बिकास कार्यालयहरुले चालु आर्थिक बर्षको १० करोड बढिको आप्mनो बार्षिक कार्यक्रम सार्वजनिक गरेकाछन् । भेटेरिनरी अस्ताल तथा पशुसेवा बिज्ञ केन्द्र नेपालगन्जले ३ करोड ३१ लाख ६० हजार बराबर बजेटको कार्यक्रम सार्वजनिक गरेको छ । […]
नेपालगन्ज÷(बाँके) १९ भादौं २०८२ ६३ औं नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी मनिकापुर उप–शाखाको आयोजनामा आयोजित बृहत रक्तदान कार्यक्रममा उप–शाखाका सभापति नमराज सापकोटाको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटीे बाँकेका सभापति गोबद्र्धन सिंह सम्झनाको प्रमुख अतिथ्यतामा ब्यानर वाचन गरी बिधिवत रुपमा उद्घाटन गरिएको थियो । कार्यक्रममा बाँके […]
गुलरिया (बर्दिया), भदौ २० गते । बर्दियाको ठाकुरबाबा नगरपालिकाले १० बर्से द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जीवननिर्वाह भत्ता दिने भएको छ । नगरपालिकाले उनीहरूका श्रीमतीलाई जीवनयापन गर्न सहज होस् भनेर मासिक दुई हजार पाँच रुपियाँ जीवननिर्वाह भत्ता दिन थालेको हो । द्वन्द्वमा सहिद भएका व्यक्तिका श्रीमतीले सरकारबाट एकल महिला भत्ता पाउने तर बेपत्ता पारिएका व्यक्तिका […]
काठमाडौँ — नेपालमा फेसबुक यूआरएल बन्द गरिएको छन् । सूचीकृत नभएका सामाजिक सञ्जाल निस्क्रिय बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले इन्टनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएसँगै बिहीबार रातीदेखि नै फेसबुकको वेब ठेगानाहरूमा पहुँच रोकिएको छ । इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आइस्पनका प्रमुख कार्यकारी अधिकृत सुभास खड्काले सरकारको निर्देशनपछि यूआरएल ब्लक गर्ने कार्य सुरु भइसकेको पुष्टि गरे । […]
नेपालगन्ज/ईकान्तिपुर — नेपालगन्जको सहकारी वित्तीय विकास संस्थामा ३७ करोड बढी रकम हिनामिना गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । सहकारीका अध्यक्ष हरदेवबक्स चौधरी, सिद्धिकुमार महर्जन र सुरत खटिकलाई पक्राउ गरिएको हो । अध्यक्ष चौधरीलाई ५ वर्ष कैद, ५० हजार जरिवाना तोकिएको छ। उनी यसअघि एक वर्ष कैद बसेर २५ लाख धरौटीमा छुटेका थिए […]
२०८२ भदौ २० गते (शुक्रबार) दिउँसोः देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भु-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ। रातीः देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी […]
काठमाडौँ/ईकान्तिपुर — सूचीकरणमा नआएको भन्दै सरकारले फेसबुकलगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ । बिहीबार सञ्चार मन्त्रालयले तोकिएको समयसीमाभित्र सूचीकरणमा नआएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको छ । सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले अदालतको अवहेलनासम्बन्धी मुद्दा (मुद्दा नं. ०८०-CF-००१२) मा स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सञ्चालन पूर्व […]
गुलरिया (बर्दिया), भदौ १९ गते । भारतीय ठगको जालोमा परेर नेपाली फस्न थालेका छन् । ह्वाट्सएपमार्फत ट्र्यापमा पारेर नेपाली बैङ्कमा खाता खोल्न लगाई भारतीय ठगले नेपालीलाई पनि ठग बनाइरहेका छन् । सोही क्रममा बर्दिया जिल्लामा तीन जना युवा ठगी मुद्दाको आरोपमा पक्राउ परेका छन् । मधुवन नरपालिकामा बस्ने (नाम ठेगाना गोप्य राखिएको) एक महिलालाई गत असार ३२ […]
२०८२ भदौ १९ गते बिहीबार दिउँसोः देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भु-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश साथै लुम्बिनी प्रदेशको तराई भू-भागमा हावाहुरीको पनि सम्भावना रहेको छ। रातीः कोशी प्रदेश, मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया […]
सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारले दिएको म्याद बुधबार मध्यरातबाट सकिएको छ । सञ्चार मन्त्रालयका अधिकारी भन्छन्-आज केही निर्णय हुन्छ । १९ भदौ, काठमाडौं । नेपाल सरकारले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाललाई सूचीकरण हुन दिएको सात दिनको म्याद बुधबार मध्यरातिदेखि सकिएको छ । अब सूचीकरणका लागि निवेदन नदिएका सामाजिक सञ्जालहरुलाई क्रमश: बन्द गर्ने सरकारले जनाएको छ […]











