
शम्भु थारु
नेपालगन्ज, १९ भदौं २०८२
बाँकेमा बिहिबार भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र बाँके सहित ४ वटा पशु तथा मत्स्य बिकास कार्यालयहरुले चालु आर्थिक बर्षको १० करोड बढिको आप्mनो बार्षिक कार्यक्रम सार्वजनिक गरेकाछन् । भेटेरिनरी अस्ताल तथा पशुसेवा बिज्ञ केन्द्र नेपालगन्जले ३ करोड ३१ लाख ६० हजार बराबर बजेटको कार्यक्रम सार्वजनिक गरेको छ । त्यससंगै पशु सेवा तालिम केन्द्र नेपालगन्जले एक करोड ९२ लाख २८ हजार, मत्स्य बिकास केन्द्र शम्सेरगन्ज बाँकेले २ करोड २७ लाख ४८ हजार र कुखुरा बिकास फर्म खजुरा बाँकेले ३ हरोड ७७ लाख २४ हजार बजेट बराबर बजेटको कार्यक्रम सार्वजनिक गरेकाछन् । पशु तथा मत्स्य बिकासका क्षेत्रमा कार्यरत यी ४ कार्यालयले १० करोड ५८ लाख १८ हजार बराबर बजेटको बार्षिक कार्यक्रम सार्वजनिक गरेकाछन् । बार्षिक कार्यक्रम सार्वजनिक गर्दै भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र नेपालगन्जका प्रमुख कमला अधिकारीले बार्षिक कार्यक्रम सार्वजनिक गरिन् । उनले चालु कार्यक्रमतर्पm एक करोड ४५ लाख ९० हजार, पँुर्जीगत खर्च तर्पm ४ लाख र कार्यालय संञ्चालनतर्पm एक करोड ८१ लाख ७० हजार बजेटको कार्यक्रम रहेको बताइन् । उनले भनिन्, बार्षिक कार्यक्रम सार्वजनिक गर्दै केन्दका प्रमुख अधिकारीले गत आर्थिक बर्ष २०८१/८२ को भन्दा चालु आर्थिक बर्ष २०८२/८३ मा २ करोड ६५ लाख २ हजार बजेट कम आएको छ । बजेट निरन्तर घट्दो क्रममा रहेकाले किसानको माग र आवश्यकता अनुसारको कार्यक्रम गर्न चुनौती रहेको छ । यस्तै पशुसेवा तालिम केन्द्र नेपालगन्जले एक करोड ९२ लाख २८ हजार बराबर बजेटको कार्यक्रम सार्वजनिक गरेको छ । तालिम केन्द्रका प्रमुख राम केश यादवले उक्त कार्यक्रम सार्वजनिक गरेका थिए । यस्तै कार्यक्रममा मत्स्य बिकास केन्द्र शम्सेरगन्ज बाँकेले पनि बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रका निमित्त प्रमुख रिम बहादुर थापाले २ करोड २७ लाख ४८ हजार बराबर बजेटको कार्यक्रम सार्वजनिक गरेका थिए । यस्तै कुखुरा बिकास फर्म खजुरा बाँकेले पनि ३ करोड ६ लाख ८२ हजार बराबर बजेटको कार्यक्रम सार्वजनिक गरेको छ । फर्मका पनि पशु सेवा अधिकृत कमल चन्दले बार्षिक कार्यक्रम सार्वजनिक गरेका थिए ।
Advertisement

कार्यक्रमका प्रमुख अतिथि पशुपंक्षी तथा मत्स्य बिकास निर्देशनालय लुम्बिनी प्रदेशका निमित्त महानिर्देशक श्रवण कुमार चौधरीले जनप्रतिनिधिहरुको भाषणमा कृषिलाई प्रथामिकतामा पार्ने सुनिन्छ तर भाषणमा भने अनुसारको प्रथामिकतामा नपार्दा कृषि मन्त्रालयमा कम बजेट आउने गरेको बताए । जसले गर्दा कृषि क्षेत्रलाई बिकास गर्न चुनौती रहेको छ । उहाँले बिनियोजन भएको बजेट कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन समेत दिए । स्थानीय सरकारसंग समन्वय गरेर किसानहरुलाई साधन स्रोतले सक्नेजतिको टेवा पु¥याउनका लागि आग्रह समेत उहाँले गरे । यस्तै कार्यक्रमका बिशिष्ट अतिथि कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख बिनोद घिमिरेले प्रदेश सरकारबाट आउने बजेट घट्दो क्रममा रहेकाले काम गर्न चुनौती रहेको बताए । जिल्ला स्थित प्रदेश मतहतका कार्यालयहरुको काम सेवामुलक भन्दा बढि समन्वयमुलक हुने भएकाले स्थानीय तहसंग बढि समन्वय गर्नुपर्नेमा उहाँको जोड थियो । सार्वजनिक गरिएको पशु तथा माछा पालक किसानहरुका लागि बार्षिक कार्यक्रम अन्र्तगत बिभिन्न तालिम, अनुदान, खोप, उपचार शिविर, पोखरी निर्माना तथा मर्मत, पोषण सुधार, आयआर्यन बृद्धि, बजारीकरण, लागायत् बिभिन्न सेवाटेवाका कार्यक्रम किसानहरुको माग र समस्यालाई सम्बोधन हुने गरी बिनियोजित भएर आएको कार्यालयहरुले जनाएकाछन् । निरन्तर बजेट घटेर आउने भएकाले धेरै अनुदानको कार्यक्रम कटेर आएको कार्यक्रममा कार्यालय प्रमुखहरुले जनाएकाछन् । बार्षिक कार्यक्रम सार्वजनिक गर्दा गत आर्थिक बर्षको प्रगाति समेत सार्वजनिक गरिएको थियो । कार्यक्रममा दुग्ध सहकारी संघ बाँकेका अध्यक्ष पुर्ण अधिकारीले कार्यक्रम किसानमैत्री आएको बताए । यो कार्यक्रम तल्लो तहका किसानसम्म पुग्ने आपेक्ष समेत उहाँले गरे । बिनियोजित कार्यक्रम सहकारी संस्थाहरुसंग समन्वय गरेर अगाडी बढाउने भएकाले किसानहरुको आयआर्जनमा समेत बृद्धि हुने आपेक्षा संघका अध्यक्ष अधिकारीले गरे । यस्तै कोहलपुर नगरपालिका पशुसेवा शाखा प्रमुख गोबिन्द रोकायले राप्तीसोनारी, कोहलपुर र बैजानाथमा बढि पशुपालन हुने भएकाले ती पालिकालाई प्रथामिकतामा राख्न आग्रह गरे । जनप्रतिनिधिहरुका कारण अन्य पालिकामा प्रदेशको बजेट बढि जाँदा बास्तबिक किसानले लाभ लिन नसकेको उहाँले गुनासो गरे । भेटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्र बाँकेका पशु स्वास्थ्य अधिकृत भोज बहादुर रावलले सञ्चालन गरेको कार्यक्रममा बालीसंरक्षण प्रयोगशाला खजुराका प्रमुख सकिल अहमद, कृषि व्यवसाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्र खजुराका बरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्मा, एकिकृत कृषि तथा पशुपंक्षि बिकास कार्यालय बर्दियाका बाग्वानी बिकास अधिकृत राम प्रकाश यादव लगायत् बाँकेका सबै पालिका पशुसेवा शाखाका प्रमुख लयायत् कृषकहरुको सहभागिता रहेको थियो ।










