बबई (बर्दिया) भदौ १६ गते । बर्दिया र कैलालीको सीमा भएर बग्ने कर्णाली नदीले गेरुवा गाउँपालिका-२ बनघुस्रास्थित तटबन्ध कटान गर्न थालेपछि गेरुवा गाउँपालिकाका आधा दर्जन भन्दा बढी गाउँ उच्च जोखिमा परेका छन् । कर्णाली नदीको कटानले करिब ३ सय मिटर तटबन्ध बगाएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, राजापुरले जनाएको छ । तत्कालीन कर्णाली नदी व्यवस्थापन […]

भदौ /सेतोपाटी- अफगानिस्तानम ६ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प जाँदा २५० जनाको मृत्यु भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। अफगानिस्तानको नांगरहार प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रबिन्दु बनाएर आइतबार राति ११स्४७ बजे ६ म्याग्नेच्युडको भूकम्प गएको थियो। तालिबान सरकारले पहिलो पटक सार्वजनिक गरेको विवरण अनुसार भूकम्पमा परी २५० जनाको मृत्यु भएको अमेरिकी अनलाई एनबिसीन्युजले जनाएको […]

      धरान (सुनसरी)  रासस—सप्तकोशी नदीमा पानीको सतह बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार राति १० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ ।   आइतबार दिउँसो २ बजे एक लाख ७४ हजार ३७५ प्रतिसेकेन्ड पानीको प्रवाह […]

  आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राती देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, बागमती […]

गुलरिया (बर्दिया), भदौ १५ गते । गुलरिया नगरपालिका–३ बस्ने बाबुराम यादव युरिया मलको खोजीमा निक्कै समय भौतारिनुभयो । कुनै सहकारीको शेयर सदस्य नभएकाले उहाँले धानमा हाल्न रासायनिक मल पाउनु भएन । उहाँको खेतमा धान पहेँलै छ । “यसपाली भात खान नपाइने भयो” उहाँले भन्नुभयो । सहकारीका सदस्यलाई नपुगिकन हामीलाई मल दिँदैनन्, उहाँले भन्नुभयो –“पहिले पर्याप्त […]

नेपालगन्ज/रासस । बाँकेका ६ स्थानीय तह क्षेत्रका पशु चौपायामा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका योजना अधिकृत तथा सूचना अधिकारी भोजबहादुर रावलले जिल्लाका सात स्थानीय तहमा पशुमा सङ्क्रमण देखिएकामा उपचार सुरु भएको बताए । उनका अनुसार सङ्क्रमण बढ्दो अवस्थामा रहे पनि स्थानीय तहले तदारुकताका साथ उपचार गरिरहेको जानकारी […]

  काठमाडौं, १५ भदौं । नेपाली महिला टोलीले आज घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्दैछ । भूटानमा जारी साफ–१७ महिला च्याम्पियनसिपमा आफ्नो अन्तिम खेलमा नेपालले आइतबार घरेलु टोलीसँग खेल्न्  लागिरहेको हो ।   सो खेल नेपाली समयअनुसार साँझ ५ः४५ वाट सुरू हुनेछ । सो खेलमा भारतले एक खेल अगावै उपाधि हासिल गरिसकेको छ भने जससँगै नेपाल र […]

काठमाडौं, १५ भदौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको देखिन्छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। […]

गुलरिया (बर्दिया), भदौ १४ गते । नेपालमा सशस्त्र जनयुद्ध अन्त्य भएको १९ वर्ष बित्यो । एक दशकसम्म चलेको सशस्त्र जनयुद्ध तत्कालीन सरकार राजनीतिक दल र नेकपा (माओवादी) बिच विस्तृत शान्ति सम्झौतामार्फत नेपालको संविधान जारी भई शान्ति प्रक्रियामार्फत १० बर्से द्वन्द्वका घाउ मेट्ने अध्याय पनि प्रारम्भ भयो । तर, द्वन्द्वकालीन मुद्दाको न्याय निरुपण नहुँदा बेपत्ता पारिएका हजारौँ परिवार […]

नेपालगन्ज भदौं १४ शनिवार २०८२ नेपालगन्ज उपमहानगरपालिकाको वडा नंं १० मा शुक्रबार बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि सरोकारवालाहरुको भुमिकाका बिषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । वडा नंंं १० का वडा सदस्य बिना थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडाको स्वास्थ्य सम्बन्धि सुचकको आवस्थाका बारेमा अन्र्तक्रिया गरिएको छ । कार्यक्रममा बोल्दै वडा सदस्य थापाले सबै सरोकारवालाले पहल […]