बिबिसि । भदौमा भएको जेन जी आन्दोलनपछि असोज मसान्तमा नेपाली कांग्रेसका कुल महाधिवेशन प्रतिनिधिहरूमध्ये ५४.५८ प्रतिशतले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेका थिए। आइतवारसम्म उक्त प्रतिशतभन्दा पनि धेरै ५७.३९ प्रतिशत प्रतिनिधि भृकुटीमण्डपमा आइपुगेको आयोजकहरूले दाबी गरेका थिए। सोमवार त्यसमा छ प्रतिशत सङ्ख्या अझै थपिएको आचार्यले बताएका छन्। कांग्रेसको विधानअनुसार ४० प्रतिशत प्रतिनिधिहरूले मागेको खण्डमा विशेष […]
तुलसीपुर (दाङ) —दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने चटारो छ । माघी नजिकिएसँगै उहाँ अहिले ढिक्री बनाउनमा नै व्यस्त छिन् । त्यस्तै तुलसीपुर १० बनकाउकी विझौनी थारूको व्यस्तता पनि उस्तै छ । ढिक्री बनाउनै उनलाई भ्याइनभ्याइ छ । उनीहरू मात्रै होइन, माघी नजिकिएसँगै अहिले थारू समुदायमा ढिक्री बनाउने चटारो छ । […]
वीरगन्ज/बिबिसी । वीरगन्जमा दुई फरक धर्म समुदायबीचको विवाद र झडपका कारण शनिवारदेखि जारी तनाव अन्त्य गर्न पाँचबुँदे सहमति भएको छ। हनुमान् जयन्तीका अवसरमा शनिवार निकालिएको शोभायात्राका क्रममा भएको झडपमा संलग्न दोषीहरूलाई वैशाख ३ गतेभित्र पक्राउ गरी कारवाही गर्ने, अन्तर धार्मिक, साम्प्रादायिक सद्भाव र सहिष्णुता कायम राख्नका लागि सबै पक्ष पूर्ण प्रतिबद्ध रही कानुनी कारबाहीको […]
नेपालगन्ज । बाँके जिल्लाका दुई ठुला निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द हुँदा भेरी अस्पतालमा प्रसूति सेवाको चाप अत्यधिक बढेको छ । सोही कारणले त्यहाँ आउने सुत्केरीहरुको उपचारमा समस्या उत्पन्न भएको अस्पतालले जनाएको छ । नेपालगन्जस्थित सन्जीवनी अस्पताल र कोहलपुरस्थित मेडिकल कलेजमा आमा सुरक्षा कार्यक्रम हटेपछि पछिल्लो करिब एक वर्षयता भेरी अस्पतालमा सुरक्षित सुत्केरी सेवाको […]
बर्दिया । मासुका लागि सामूहिकरुपमा जिता लेखाई सके । सुंगुरबंगुर, खसीबोका खोजीसके । ढिक्रीका लागि चामल तयार छ सांस्कृतिक कार्यक्रम तय भइसकेका छन् । माघी मिलन कार्यक्रम विभिन्न स्थानमा आयोजना गर्ने अन्तिम तयारीमा युवाहरु जुतिसकेका छन् । गाउँमा खुसियाली छाएको छ । हालै धान बिक्री गरेकाले किसानलाई तत्कालका लागि आर्थिक अभाव छैन । कामको चाँप […]
गुलरिया (बर्दिया) । बर्दिया र कैलालीको बिचमा रहेको कर्णाली नदीको शक्तिघाट क्षेत्रलाई नेपालकै पहिलो मत्स्य अभयारण्य घोषणा गरिएको छ । राजापुर नगरपालिका र टीकापुर नगरपालिकाले शक्तिघाट पुल वरिपरि करिब चार वर्गकिलोमिटर क्षेत्रलाई मत्स्य अभयारण्य क्षेत्र घोषणा गरेको हो । राजापुर र टीकापुर नगरपालिका नदी तटीय क्षेत्र स्थानीयको सहभागितामा माछा र जलचरको संरक्षणका लागि मत्स्य […]
बबई (बर्दिया) । बर्दिया जिल्लामा मानव–वन्यजन्तु द्वन्द्व चर्कंदै जान थालेपछि अन्तर्राष्ट्रिय जैविक मार्ग खाता कोरिडोरमा द्वन्द्व न्यूनीकरणको कामनासहित वनदेवीको पूजा गरिएको छ । मानव–वन्यजन्तु द्वन्द्वका कारण वन्यजन्तुको आक्रमणबाट मानिसले ज्यान गुमाउनु परेको भन्दै न्यूनीकरण गर्न वनदेवीको पूजा गरिएको हो । बर्दियाको नेपाल–भारत सीमासँग जोडिएको अन्तर्राष्ट्रिय कोरिडोर खातामा जम्मा भएका थारू अगुवाले वनदेवीको पूजा गरेका हुन् […]
बर्दिया —बर्दिया जिल्ला अदालतले नागरिकता नपाएर मृत्युको बाटो रोज्न बाध्य भएकी बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीकी २२ वर्षीया अञ्जु थारुका पति अनिल थारुलाई आत्महत्या दुरुत्साहन मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको इजलासले बुधबार बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीका अनिललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । अञ्जुको […]
बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले आक्रमण गर्दा सुर्खेत भेरीगंगा नगरपालिका( ५ की ५७ वर्षीया गंगा सारूको मृत्यु भएको छ । बाँसगढी नगरपालिका(१ सँग सीमा जोडिएको सुर्खेतको शक्ति सामुदायिक वनमा महिलाको शव भेटिएको हो । घाँस काट्न गएकी महिला बेलुकी घर नफर्केपछि खोजी गर्दा शव फेला परेको निकुञ्जले जनाएको छ ।
ज्योति पन्थी बबई (बर्दिया) । बर्दियामा मानव–वन्यजन्तु द्वन्द्वका घटना वृद्धि भइरहेका छन् । चालु आर्थिक वर्षको पहिलो छ महिनामा वन्यजन्तुको आक्रमणमा परेर जिल्लामा छ जनाले ज्यान गुमाएका छन् । पछिल्ला वर्षमा मध्यवर्ती क्षेत्रका सामुदायिक वनक्षेत्र तथा त्यस आसपासका वस्तीमा वन्यजन्तुको आवतजावत बढेसँगै मानव–वन्यजन्तु द्वन्द्वका घटना वृद्धि हुँदै गएका छन् । डिभिजन वन कार्यालय बर्दियाका अनुसार साउनदेखि पुस […]












