बाँके, २० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खजुरा गाउँपालिका-१ जलपोखरी बस्ने २० वर्षीय युवराज राना, २० वर्षीय समिर थापा र २२ वर्षीय प्रबिण थापा रहेका छन् । युवराज, समिर, प्रबिण र जानकी गाउँपालिका-२ चौधरीपुर बस्ने २० वर्षीय सन्देश थापा क्षेत्रीले ती महिलालाई सोही […]

बाँके । जिल्ला प्रहरी कार्यालयले आफ्नो सेवा बारे गुनासो र सुझावका लागि सर्वसाधारणहरुका लागि क्युआर कोड सार्वजनिक गरेको छ । उक्त क्युआर कोड मोबाईलमा स्यक्नीग गरी सेवा बारे जानकारी लिन र कुनै गुनासो भए त्यस बारे जानकारी गराउन सक्ने छन् ।

काठमाडौँ । नेपाललाई भारतले उपहार स्वरुप दिएका १५ वटा मुर्रा जातको राँगा आज दिउँसो १ देखि २ बजेभित्र नेपालगस्थित रुपैडिया–जमुनाहा नाकामा भित्र्याइँदै छ । नेपालजंगस्थित पशु क्वारेन्टाईन कार्यालयका प्रमुख डा।विनयकुमार कर्णलेका अनुसार ती राँगा ट्रकमा ल्याउन लागिएको हो । उनकाअनुसार उन्नत जातको नश्ल सुधारका लागि ल्याउन लागिएका राँगाको स्याहारका लागि एकजना भेटेरिनरी डाक्टर पनि सँगै […]

बीबीसी । हमास र इजरेलबीच केही बन्धकहरू छोड्ने र संघर्ष विराम गर्ने विषयमा सहमति भएको छ। गाजामा बन्धक बनाएर राखिएका ५० जनालाई मुक्त गराउन इजरेली मन्त्रिपरिषद्ले हमाससँग भएको एउटा सम्झौतालाई पारित गरेको छ। इजरेली प्रधानमन्त्रीको कार्यालयद्वारा प्रकाशित एउटा विज्ञप्तिका अनुसार चार दिनका लागि लडाइँ रोकिएको बेला बन्धकहरूलाई मुक्त गरिने छ। उक्त सम्झौताअनुसार थप १० बन्धकलाई […]

मंसिर ५, २०८०रासस/ जाजरकोट — चिसोबाट जाजरकोटमा एक महिने शिशुको निधन भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन हो । भेरी–२ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीका अनुसार तीन दिनअघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । निमोनियाले बिरामी परेकी […]

बर्दिया, ५ मंसिर/ १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गेरुवा गाउँपालिका-६ सोनाहफाँट बस्ने ४० वर्षीय प्रकाश खवासलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खवासले ती किशोरीलाई ललाई फकाई कात्तिक २८ गते राति सोही ठाउँस्थित खाली गोठमा तथा विभिन्न मिति र स्थानमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मनाउँबाट खटिएको प्रहरीले उनलाई […]

  काठमाडौँ । भारतले पठाएको १५ वटा मुर्रा जातको राँगा बाँकेको नेपालगन्जस्थित रुपैडिहा–जमुनाहा नाकाबाट भित्र्याउन लागिएको छ ।रुपैडिहा–जमुनाहा नाकाबाट भित्र्याउने तयारी भएको पशु सेवा विभागका सूचना अधिकारी डा। चन्द्र ढकालले जानकारी दिए । नेपाली प्राविधिक टोली भारत गएर राँगाको परीक्षण मापदण्ड पुरा गरेसँगै भारतले राँगा हस्तान्तरण गरेको उनको भनाइ छ । भारतले १५ वटा राँगा […]

५ मंसिर, बुटवल । दाङको तुलसीपुर१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा लिएर बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका छन् । मृतक टेकबहादुरकी श्रीमती रुकुम पश्चिमस्थित माइतीमा गएकाले उनी फर्किएपछि मात्रै शव निकाल्ने प्रहरीको भनाइ छ । मंगलबार शव निकालेर परीक्षण गरेपछि […]

  एजेन्सी/ अनलाईन खबर। इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले एक नेपाली र एक थाई नागरिकलाई घाइते अवस्थामा अस्पताल लगिँदै गरेको भिडिओ सार्वजनिक गरेको छ। आइडिएफले एक्स (ट्वीटर) बाट सार्वजनिक गरेको भिडिओमा हमासले २ जना घाइतेलाई अस्पताल लैजाँदै गरेको दृश्य छ। भिडिओमा एक जनालाई डोहोर्‍याइँदै अस्पतालभित्र लगिएको र अर्का व्यक्तिलाई स्ट्रेचरमा राखेर उपचार कक्षमा लगिएका दृश्य छ। […]

  ४ मंसिर, काठमाडौं । बर्दिया गुलरियाका बरुण घिमिरेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले गुलरिया नगरपालिका-६ का सुरेश भन्ने सुयस थापा पक्राउ परेका छ्न । यसअघि प्रहरी घटनामा संलग्न ७ जनालाई नियन्त्रणमा लिइसकेको छ । सुयससँगै पक्राउ पर्नेको संख्या ८ पुगेको छ । अझै २ फरार रहेका छन् । गुलरिया नगरपालिका-५ का २० वर्षीय बरुणलाई […]