काठमाडौं, १५ कात्तिक/ बर्दिया, १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-१२ कालीनगर बस्ने २८ वर्षीय मदन थारुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थारूले सोमबार राति ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बाँके । लागु औषधसहित बाँकेमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका १५ चन्दहवाबाट ४ ग्राम २ सय मिलिग्राम लागु औषकसहित १९ वर्षीय अनुप थारुलाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यसैगरी बाँके राप्तीसोनारी गाउँपालिका ६ मैमानपुरबाट ८ ग्राम ५ मिलिग्राम उक्त पदार्थसहित भे.प २७७७ नम्बरको मोटरसाइकलमा सवार […]

  काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदमा नेपालका शम्भुप्रसाद आचार्यलाई उछिन्दै बंगलादेशकी साइमा बाजेद चुनिएकी छन् । नयाँदिल्लीमा बसेको क्षेत्रीय कमिटीको बैठकले बंगलादेशकी राष्ट्रपति शेख हसिनाकी छोरी साइमा बाजेदलाई चयन गरेको हो । डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र […]

    खजुरा/ रासस । नेपालगन्ज जमुनाह नाकाबाट दुई महिनामा रु १० करोड बढीको केरा नेपाल आयात भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा मात्र नेपालगन्ज भन्सार नाका हुँदै रु १० करोड ३१ लाख २५ हजार मूल्यबराबरको केरा आयात भएको छ । चाडपर्वका कारण दुई महिनामा केरा बढी आयात हुने गरेको […]

  काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण(पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदको चुनावमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ । भारतको नयाँ दिल्लीमा आयोजित डब्ल्यूएचओको दक्षिण(पूर्वी एसियाको क्षेत्रीय कमिटी (सेरो) को बैठकले नयाँ क्षेत्रीय निर्देशक चयनमा नेपालका र बंगलादेश दाबेदार छन् । नेपालको उम्मेदवार डब्ल्यूएचओमा कार्यरत शम्भुप्रसाद आचार्य र बंगलादेशको उम्मेदवार प्रधानमन्त्री शेख हसिनाकी […]

  १५ कात्तिक, चितवन । गणतन्त्र दिवसका अवसरमा गत जेठ १४ गते राष्ट्रपतिबाट कैद मिनाहा पाएर जेलबाट छुटेका एक जना व्यक्तिलाई अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा चितवन प्रहरीले पक्राउ गरेको छ । ९ वर्षको कैद सजाय पाएर जेलमा बसेका तर असल चालचलन भन्दै कैद सजाय छुट पाएर जेलबाट निस्केका भरतपुर महानगरपालिका वडा नं.९ […]

टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभर खेल्दै चार विकेटको क्षतिमा भेट्टाएको थियो । नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरे । मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए । ओपनर […]

बाँके, कोहलपुर नगरपालिका-३ मदनचोक बस्ने बिष्णु खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ४१ वर्षीय दिपक कुमार ढकाल समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३५ हजार ९ सय ५५ रूपैयाँ र २५ गड्डी ताससहित पक्राउ गरेको हो ।

  १४ कात्तिक, काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले सडक संघर्षको कार्यक्रम घोषणा गर्दै प्रतिपक्षी दलको व्यवहार देखाउन लागेको छ।रेको छ । गणतन्त्रका उपलब्धिहरु उल्टाउने गरी राजावादी खेमाबाट भइरहेका प्रतिगामी षडयन्त्रहरुको भण्डाफोर गर्ने भन्दै माओवादी केन्द्रले सडक संघर्ष गर्न लागेको हो । मंगलबार बिहान जारी सर्कुलर अनुसार माओवादी केन्द्रले मंसिर २२ गते काठमाडौंमा सडक […]

  रासस. काठमाडौं, कात्तिक १४। दक्षिणी इसराइलमा हमास समूहका आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये इसराइलमा मारिएका थप दुई नेपालीको शव पहिचान भएको छ। मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही–६ धनुषाका अनन्द साहको शव पहिचान भएको तेल अभिवस्थित नेपाली दूतावासले जनाएको छ। सोमबार साँझ दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘आवश्यक प्रक्रिया पूरा […]