नेपालगन्ज, असार १९ गते । बाँके जिल्लाका आठ वटै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले सबै पालिकालाई हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्नु र्ने जनाउँदै चालु आर्थिक वर्षमा जिल्लाका आठ वटै पालिकामा रहेका खोप लगाउने उमेरका सबै […]
२०८१ असार १९ गते (बुधबार) दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरूका मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका […]
१९ असार २०८१, बुधबार/ बर्दिया पदनाका करण परियारको दैनिकी बदलिएको छ । सानैदेखि सङ्गीतमा रुचि राख्ने करणले काठमाडौँमा कार्पेट बोक्दाबोक्दै नेपाल आइडल सिजन–५ मा अडिसन दिन पुग्नुभएको थियो । कार्पेट बोक्ने दैनिकसँग जुध्दै नेपाल आइडलको शीर्ष विजेता बनेपछि भेटघाट, रेकर्डिङ, सेल्फीमा दिन बदलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट गिटार उपहार पाउनुलाई जीवनकै अविस्मरणीय क्षण मान्ने करणले […]
काठमाडौँ, असार १९ गते । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको आज (बुधबार) देखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो । समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको रु २३ बाट बढेर रु २६ पुगेको छ । न्यू शक्ति नून एक किलोको […]
बाँके/ कोहलपुर नगरपालिका-१३ भरैया बस्ने ४५ वर्षीया प्रेमा थारूको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा रहेको विद्युतीय मोटरबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२०८१ असार १८ गते (मंगलबार) दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशैभरका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी […]
काठमाडौँ, असार १८ गते । सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणका लागि सहमति गरेका छन् । गए राति दुई दलबीच संविधान संशोधनलगायत कार्यसूची (एजेण्डा)सहित सहमतिको नयाँ सरकार बनाउन सहमति भएको कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो । ती दुई दलबीचमा सहमति भएको भनिएको सहमतिको खाका सार्वजनिक […]
काठमाडौं । रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी जम्मा सात जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिए । लिवाङ जिल्ला अस्पतालमै रहेका प्रमुख जिल्ला अधिकारी रायमाझीले अनलाइनखबरसँग भने, ‘कुल १५ जना यात्रुहरुमध्ये सात जनाको मृत्यु भएको छ । […]
नेपालगन्ज, १७ असार २०८१ बाँकेको खजुरा गाउँपालिकाले २ सय जना युवालाई बिभिन्न सिपमुलक तालिम प्रदान गरी प्रमाणपत्र बितरण गरेको छ । सोमबार समाजिक बिकास शाखा प्रमुख कृष्ण कुमारी पोखरेलको अध्यक्षतामा कार्यक्रम गरी गाउँपालिकाले प्लाम्बर, कुक तथा खाजा नस्ता, टायल र मार्बल फिक्चर र मोटर साईकल मर्मत गर्ने तालिम प्रदान गरि प्रमाणपत्र बितरण गरिएको छ । […]
बर्दिया/ बढैयाताल गाउँपालिका-१ ठुलो डांफे बस्ने शेर बहादुर सुनारकी छोरी १८ महिनाकी गोमा सुनारको आफ्नै घर नजिक रहेको नालाको पानीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











